close

भण्डारी भए माघ महिनाको सर्वोत्कृष्ट प्रहरी

भण्डारी भए माघ महिनाको सर्वोत्कृष्ट प्रहरी

Trulli
ADVERTISEMENT

उदयपुर- प्रदेश १ प्रहरी कार्यालय विराटनगरले उदयपुरको इलाका प्रहरी कार्यालय कटारीमा कार्यरत प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीलाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

 

नेपाल प्रहरीको विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ भएर उच्च मनोबल र साहसका साथ अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएकामा भण्डारीलाई उत्कृष्ट प्रहरी छानिएको हो ।

 

विभिन्न जघन्य अपराधका फरार प्रतिवादी तथा अवैध लागूऔषध, चोरी-तस्करीमा संलग्नलाई पक्राउ तथा कानुनी कारबाहीको दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेर नागरिकलाई सुरक्षा प्रत्याभूत गरेको आधारमा उनलाई सवोत्कृष्ट प्रहरीको रूपमा सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

प्रहरी कर्मचारीको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको मूल्यांकन गर्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले प्रदेशभरिका प्रहरीमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ ।

 

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्य विवरणसहितको फ्लेक्स प्रिन्ट गरेर प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा प्रदेशअन्तर्गतका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका कार्यालयमा १ महिनासम्म राखिँदै आएको प्रदेश प्रहरी कार्यालय विराटनगरले बताएको छ ।