close

स्थापना दिवस मनाउँदै रूपा गाउँपालिका

स्थापना दिवस मनाउँदै रूपा गाउँपालिका

Trulli
ADVERTISEMENT

कास्की– कास्कीको रूपा गाउँपालिकाले स्थापना दिवस अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाले आगामी २३ फागुना चौथो स्थापना दिवस मनाउन लागेको हो । 

 

शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी स्थापना दिवसका कार्यक्रमबारे जानकारी गराइएको हो । ‘रूपाको पहिचान: सबै क्षेत्रमा समृद्धिको अभियान’ नारासहित काम गरिरहेको गाउँपालिकाले २३ फागुनमा पालिकाभित्रका स्रष्टा र राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गर्नेछ । उनीहरूलाई १५ हजार १ सय १ रुपैयाँसहित सम्मान गरिने गाँउपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । 


सोही अवसरमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुनेछ । वडास्तरीय झाँकी प्रदर्शनी, फूल र दुबोको माला बनाउने प्रतियोगिता हुनेछ । खुला भलिबल प्रतियोगितामा उपाधि विजेतालाई ८० हजार, उपविजेतालाई ६० हजार, तेस्रो हुनेलाई ४० हजार र सान्त्वना टिमलाई ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रवक्ता टेकबहादुर गुरुङले बताए ।

 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार तथा उत्कृष्ट बेस्ट स्पाइक, बेस्ट सर्भर, बेस्ट ब्लकर, बेस्ट सेटर, बेस्ट लिब्रोलाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ । झाँकी प्रदर्शनतर्फ प्रथम हुनेले ३५ हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुने टिमले १५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । 

 

कम्तीमा ३० जना झाँकीमा सहभागी हुनुपर्नेछ भने सहभागी सबै समूले ७ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, माला प्रतियोगितामा प्रथम हुनेले ४ हजार, द्वितीय हुनले ३ हजार र तृतीय हुनेले २ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।