close

बेलबारीका ज्येष्ठ नागरिक र गर्भवतीलाई घरघरै पुगेर कोसेली 

बेलबारीका ज्येष्ठ नागरिक र गर्भवतीलाई घरघरै पुगेर कोसेली 

Trulli
ADVERTISEMENT

मोरङ– मोरङको बेलबारी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका ज्येष्ठ नागरिकलाई सम्मान तथा गर्भवती र सुत्केरी महिलालाई पोषिला खानेकुरा, न्याना कपडा वितरण गरेको छ ।

 

९० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई स्विटर र ब्ल्याङकेट वितरण गरिएको हो । १ सय १७ जना ज्येष्ठ नागरिकलाई घरघरमै गएर सम्मान गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । 

 

सबै वडामा पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गर्ने सुवेदीको भनाइ छ । सम्मान पाउँदा नगरपालिका छोराछोरीजस्तै लागेको ज्येष्ठ नागरिकले सुनाए । ‘छोराछोरीले जस्तै नगरप्रमुख आफैं आएर सम्मान दिँदा धेरै खुसी लागेको छ’, बेलबारी वडा नम्बर २ की ९३ वर्षीया हरिमाया कँडेलले भनिन् । 

 

यस्तै, गर्भवती तथा सुत्केरी महिलालाई पोषिलो खाना तथा न्याना कपडा वितरण गरिएको छ । नगर क्षेत्रभित्रका १ सय ४५ जना गर्भवती तथा सुत्केरी महिलालाई हर्लिक्स, नुन, चिनी, खाने तेल, प्रोटिन दाल, सरफ, डिटोल साबुन, बेबी गिफ्ट, स्यानिटरी प्याड, ज्वानो र अन्डालगायत सामग्री वितरण गरिएको हो ।