close

विद्यालय तहको परीक्षा २०७८ जेठ मसान्तसम्म सक्न सरकारको निर्देशन

विद्यालय तहको परीक्षा २०७८ जेठ मसान्तसम्म सक्न सरकारको निर्देशन

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– सरकारले २०७८ जेठ मसान्तसम्म विद्यालयको सबै तहका परीक्षा सम्पन्न गर्न स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइ र विद्यालयहरूलाई एकैसाथ सूचना गरेको छ । विद्यालय तहको पठनपाठन २०७८ वैशाख मसान्तसम्म पूरा गर्नसमेत सरकारले ती निकायलाई सूचित गरेको हो । 

 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गर्दै कोभिड–१९ को महामारीका कारण १ असार १ २०७८ बाट शैक्षिक सत्र सुरु गरिने भएकाले यसो गरिएको बताएको छ ।

 

आगामी वर्षका लागि शैक्षिक सत्र साविकझैँ कायम हुने संकेत गर्दै सरकारले १ असारबाट शैक्षिक सत्र सुरु भए पनि विद्यालयका सबै तहको २०७८ को परीक्षा भने साविकझैँ चैत मसान्तसम्म सम्पन्न गर्न÷गराउन शैक्षिक कार्यतालिका बनाउनसमेत सरकारले भनेको छ ।

 

कोभिड–१९ को महामारीका कारण विद्यालयबाट स्थानान्तरण हुनुपरेका विद्यार्थीले स्थानान्तरण भई आउन चाहेको स्थानको विद्यालयमा सो बेहोरा खोली निवेदन दिए सम्बन्धित विद्यालयले त्यस्ता विद्यार्थीलाई स्थानान्तरण गर्ने व्यवस्था गरी शिक्षा विकास तथा समन्वय इकाइलाई जानकारी गराउने तथा सोहीबमोजिम विद्यार्थीको परीक्षा सञ्चालन तथा व्यवस्थापनको कार्य विद्यालयले गर्ने व्यवस्थाका लागि पनि सरकारले निर्देश गरेको छ ।

 

सरकारले नमुना विद्यालय विकासका रूपमा आर्थिक वर्ष २०७४/७५ सम्म छनोट भएका २ सय २२ वटा विद्यालयले नमुना विद्यालयको शैक्षिक तथा प्राविधिक गुरुयोजना सम्बन्धित स्थानीय तहबाट स्वीकृत गराई पेस गर्नुपर्नेमा अहिलेसम्म नपठाएको बताएको छ ।


ती विद्यालयलाई नमुना विद्यालय विकासका लागि विद्यालय सुधार गुरुयोजना तयार गरी सम्बन्धित इकाइ र स्थानीय तहबाट स्वीकृत गराई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउनसमेत भनिएको छ । 

 

यस्तै, कम्पनीमा दर्ता भई सञ्चालनमा रहेका निजी विद्यालयले कम्पनीअन्तर्गत नै कक्षा÷तह वृद्धि गर्न माग गरेको भन्दै सरकारले शिक्षा नियमावली २०५९ अनुसार तोकिएका सर्त पूरा गरेको अवस्थामा (प्राविधिक तथा व्यावसायिक शिक्षाबाहेक) यथावत् रूपमा कक्षा÷तह वृद्धि गर्न सकिनेछ । सरकारले जिल्लाअन्तर्गतका सबै स्थानीय तहमा सो सूचना पठाउने व्यवस्थाका लागि शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।