close

महालक्ष्मीमा बाँसका सामग्री बनाउने तालिम

महालक्ष्मीमा बाँसका सामग्री बनाउने तालिम

Trulli
ADVERTISEMENT

धनकुटा– धनकुटाको महालक्ष्मी नगरपालिकाले वडा नम्बर ४ को डाँडाखर्क गाउँमैै स्वरोजगारी सिर्जना गर्ने उद्देश्यले बाँसका सामग्री बनाउने तालिम सञ्चालन गरेको छ । महालक्ष्मीको आर्थिक सहयोगमा नागरिक सचेतना केन्द्र डाँडाखर्कले १ महिने तालिम सञ्चालन गरेको हो ।

 

डाँडाखर्कका सबै क्षेत्रमा बाँस प्रशस्त पाइने गरेको छ । पशु चौपायालाई घाँस मात्र खुवाउन प्रयोग भएको बाँसबाट धेरै सामग्री बनाउन सकिने भएकाले तालिम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।


निम्न आय भएका यस वडाका कोही प्रधानमन्त्री रोजगारअन्तर्गत काम गरिरहेका छन् भने कोही बाँसबाट बन्ने मुढा, कुर्सी, कपडा राख्ने र्‍याकजस्ता सामान बनाउने तालिम लिँदैछन् ।


आफ्नै घरआँगनमा रहेको कच्चा पदार्थबाट धेरै किसिमका सामग्री बनाउन सकिने भएपछि तालिममा सहभागीले आम्दानी बढाउन सहज हुने बताए । स्थानीय २० जनाले तालिम सिक्दैछन् ।


घरायसी काममा प्रयोग हुने बाँसका सामग्री बनाएर स्थानीयलाई गाउँमै स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको महालक्ष्मीका नगरप्रमुख पर्शुराम नेपालले जानकारी दिए ।