close

कौसीमा रोपी, काउली फलाउँला...

भक्तपुरका खेतीयोग्य जमिनमा घर ठडिए, अब घरघरमै कौसी खेती 

कौसीमा रोपी, काउली फलाउँला...

भक्तपुरका खेतीयोग्य जमिनमा घर ठडिए, अब घरघरमै कौसी खेती 

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाको वडा नम्बर १ को आयोजनामा सञ्चालित ३ दिने कौसी खेती तालिम सम्पन्न भएको छ । १४ देखि १६ फागुनसम्म कौसी खेती तालिम सञ्चालन भएको हो । 


तालिममा सहभागीलाई नगरप्रमुख सुनील प्रजापतिले प्रमाणपत्र वितरण गरे । नगरभित्र खेतीयोग्य जमिन अभाव भएपछि वडाले कौसी खेतीको तालिम दिएको हो । तालिममा २१ जना सहभागी थिए ।

 

कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले नगरबासीलाई लक्षित गरेर जीवनोपयोगी सीपमूलक तालिम प्रदान गर्दै आइरहेको बताए । उनले खेतीयोग्य जमिन कम हुँदै गइरहेको अवस्थामा कौसी खेतीलाई नयाँ विकल्पको रूपमा लिन सहभागीलाई आग्रह गरे ।

 

कौसीमा गरिने खेतीले वरिपरिको वातावरणमा हरियाली थप्नुका साथै फोहोर व्यवस्थापनमा सहयोग पुर्‍याउने नगरप्रमुख प्रजापतिको भनाइ छ । वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुरले सञ्चालन गरिरहेको सीपमूलक तालिमबाट सिकेको ज्ञान र सीपलाई सदुपयोग गर्न आग्रह गरे ।


कौसी खेती तालिमका प्रशिक्षक सविन ख्याजुले जथाभावी कौसी खेती गरिँदा पानी चुहिने, घर चर्कने आदि समस्या आउन सक्नेतर्फ सचेत गराउँदै प्राविधिक सल्लाहमा काउली, सागलगायतका खेती गर्नु उपयुक्त हुने सुझाव दिए ।