close

काठमाडौं महानगरको उद्यमशीलता लक्षित महिला तालिम 

काठमाडौं महानगरको उद्यमशीलता लक्षित महिला तालिम 

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरको वडा नम्बर ११ मा महिला उद्यमशीलताका लागि खेलौना र कुसन बनाउने तालिम सुरु भएको छ । १६ फागुनदेखि सुरु भएको तालिम २५ फागुनसम्म चल्नेछ । 


तालिममा न्यून तथा मध्यम आय भएका महिला सहभागी छन् । वडा नम्बर ११ को सहयोगमा साथी नेपालले तालिम आयोजना गरेको हो । यसका लागि भोटेवहाल महिला समूहले सहजकर्ताको काम गरेको छ । 

 

तालिम उद्घाटन गर्दै वडाध्यक्ष हीरालाल तण्डुकारले तालिमबाट प्राप्त ज्ञान र सीपलाई उत्पादनमा रुपान्तरण गर्ने अपेक्षा राखेको बताए । ‘तालिम लिएपछि काम गर्ने पैसा भएन भने हामी शून्य ब्याजमा ऋण खोजी दिन्छौँ । उत्पादन भएका सामानका लागि बजार खोजी गरिदिन्छौँ । तपाईंहरू व्यावसायिक उद्यमी बन्ने इच्छा राख्नस्,’ वडाध्यक्ष तण्डुकारले भने । साथी नेपालका अध्यक्ष सरिता सापकोटाका अनुसार तालिममा खरायो, कुकुर, ठूलो कुकुर, लभ आकारको डल्लो र चारपाटे कुसन बनाउन सिकाइनेछ ।