close

साकेलामा मिलाप हुँदा गाउँपालिकामा चोरी (भिडियो खबर)

साकेलामा मिलाप हुँदा गाउँपालिकामा चोरी (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१. विकास हुँदैछ गाउँ


म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि वडा नं ७ चिमखोला जोड्ने  सडक ट्रयाक निर्माणले पूर्णता पायो, गाउँपालिका र दी पावर कम्पनीको साझेदारीमा ‘अजिङ्गर भीर’ मा सडक निर्माण भएपछि गाउँपालिकाका वडा नम्बर ४, ७ र ८ का ८ सय घरधुरी लाभान्वित ।


२. महानगरको आरोप 


पुरातत्व विभागका कारण सम्पदाहरूको पुनर्निर्माणमा विवाद हुने गरेको काठमाडौं महानगरपालिका नगरप्रमुख विद्यासुन्दर शाक्यको आरोप, विभागकै कारण पुनर्निर्माण हुन नसक्दा पनि अपजस महानगरले लिनुपरेको गुनासो, असहयोग बढीरहे कारवाही गर्ने चेतावनी । 

 

३. बल्यो बिजुली


रुकुम पूर्वको सिस्ने गाउँपालिका–८ धपेमा रहेको जामाखोला लघुजलविद्युत् आयोजना पुनःनिर्माण गरी सञ्चालनमा, पहिरोले विद्युत् गृह बगाएर अवरुद्ध भएको दुई वर्षपछि विद्युत् पुनःनिर्माण गरी सञ्चालन, अँध्यारोमा बस्न बाध्य भएका स्थानीय बिजुली बाल्न पाउँदा खुसी । 

 

४. नगर विकाससँग हातेमालो 


प्रदेशको समग्र विकासका लागि नगर विकास कोषसँग सहकार्य र समझदारी गरेर अघि बढ्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको प्रतिवद्धता, विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य, सहअस्तित्व स्वीकार गर्ने गरी काम गर्नुपर्ने नेपाल नगरपालिका संघको सुझाव ।

 

५.सिक्ने होइन नेपाली भाषा ? 


काठमाडौं महानगरपालिकाद्वारा ‘नेपालभाषा प्रशिक्षण सहायक प्रशिक्षक तालिम’ सुरु, स्थानीय भाषाको विकास गर्ने उद्देश्यले नेपालभाषामै स्थानीय पाठ्यक्रम पठनपाठन गर्न  लागेको महानगरपालिकाद्वारा जानकारी । 

 

६. गाउँपालिकाको पूँजीगत खर्च

 

रुपन्देहीको गैडहवा गाउँपालिद्वारा चालु आर्थिक बर्ष २०७७÷७८ को हालसम्म २३ प्रतिशत भन्दा बढी पुँजीगत बजेट खर्च, पूँजीगत खर्चमा गाउँपालिकाले राम्रो सफलता प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेको दावी । 

 

७. कौसीखेतीमा जोड


तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का सर्वसाधारणलाई वडा कार्यालयबाट बिरुवा वितरण, कौसीखेतीमा सघाउन वडा कार्यालयद्वारा ८ सय परिवारलाई बिरुवा वितरण, नगरपालिकाको सहयोगबाट स्थानीय दंग । 

 

८. नगरपालिकाको तालिमको कमाल


झापाको अर्जुनधारा नगरपालिकाद्वारा कृषकका लागि व्यवसायिक कृषि तालिमपछि झापामा नयाँ प्रजातीको फूल खेती सुरु, औषधीय गुण भएको केमोमेली प्रजातीको फूलखेती सुरु गरेपछि नगरपालिकाका अन्य कृषक पनि आकर्षित । 

 

९.स्वरोजगार बनाउने योजना

 

धनकुटाको महालक्ष्मी नगरपालिकाद्वारा वडा नम्बर ४ को डाँडाखर्क गाउँमैै स्वरोजगारी सिर्जना गर्ने उद्देश्यले बाँसका सामग्री बनाउने एक महिने तालिम सञ्चालन, पशु चौपायालाई घाँस मात्र खुवाउन प्रयोग भएको बाँसबाट धेरै सामग्री बनाउन सकिने भएकाले तालिम दिइएको नगरपालिकाको भनाइ । 

 

१०. गाउँमा पुग्यो बिजुली 


बागलुङको विकट गाउँ सल्यानमा पहिलो पटक केन्द्रीय बिजुली, बरेङ गाउँपालिका वडा नम्बर ४ मा नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले सेवा विस्तार गरेपछि बल्यो बत्ती, गाउँका ११ विपन्न परिवारलाई निःशुल्क मिटर समेत जडान । 

 

११. गन्तव्यमा सुकेपोखरी   


पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवद्र्धन गर्न सोलुखुम्बुमाा दुई आकर्षक पर्यटकीय गन्तव्य छनोट, सोलुदूधकुण्ड नगरपालिकाको आकर्षक पर्यटकीय स्थल पत्तालेमा पार्क निर्माण र थुलुङ दूधकोसी गाउँपालिकाको सुकेपोखरी क्षेत्रलाई गन्तव्य सूचीमा समावेश । 

 

१२. पर्यटन विकासमा सहयोग

 

तनहुँकोे व्यासनगरपालिका–६ स्थित पर्यटकीय क्षेत्र विकासमा लायन्स क्लवको सहयोग,  गलेखाकोटमा शौचालय निर्माणका लागि गलेखाम कोटका अध्यक्ष बालकुमारी श्रेष्ठलाई लायन्सद्वारा ५० हजारको चेक हस्तान्तरण, आर्थिक सहयोगले पूर्वाधार निर्माणमा सहयोग पुग्ने अध्यक्ष श्रेष्ठको दावी । 


१३.कसरी गर्ने व्यक्तिगत घटना दर्ता ? 


ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न, व्यक्तिगत घटनाको दर्ता प्रकृया र सञ्चालन बिधिबारे जानकारी गराउन कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूको दाबी । 

 

१४. महिलालाई उद्यमशील तालिम

 

काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ मा महिला उद्यमशीलताका लागि खेलौना र कुसन बनाउने तालिम सुरु, तालिम फानगु २५ सम्म सञ्चालन हुने , न्यून तथा मध्यम आय भएका महिलाको सहभागिता बढी । 

 

१५.ब्यूटीपार्लर तालिम दिइने 


ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले पालिकाभित्रका सबै वडाका १–१ जना महिलालाई ३ महिने ब्युटिपार्लर तालिम दिने, वडा तहमै ब्युटिपार्लर सेवा सञ्चालनको उद्देश्य राखेर पालिकाले चालू आर्थिक वर्ष २०७७/७८ को स्वीकृत वार्षिक कार्यक्रमबाट तालिम दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेको भनाइ । 

 

१६. साकेलामा मेलमिलाप केन्द्र

 

खोटाङको साकेला गाउँपालिकामा सामुदायिक मेलमिलाप केन्द्र स्थापना,स्थानीय विवादलाई वार्ता र छलफलका माध्यमबाट गाउँमै मिलाउने लक्ष्यका साथ गाउँपालिका उपाध्यक्ष सरिता खड्काको कार्यकक्षमै रहनेगरी सामुदायिक मेलमिलाप केन्द्र स्थापना, पालिकाद्वारा मेलमिलापसम्बन्धी तालिमको पनि आयोजना । 

 

१७. याङ्बरकको आर्थिक प्रस्ताव


ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिकाद्वारा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) सञ्चालन गर्न प्राविधिक तथा आर्थिक प्रस्ताव, ८० जना नयाँ उद्यमी सिर्जना गर्नुका साथै ४० जनालाई स्तरोन्नतीका लागि एडभान्स तथा सिप विकास तालिम सञ्चालन गरिने । 

 

१८. बल्ल पुग्यो खानेपानी


स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित मालुङ्गाका ३ सय ९४ घरमा ‘एक घर एक धारा’ जडान, खानेपानीको चरम अभाव खेपिरहेका स्थानीयलाई खानेपानीको धारा घरघरमा जडान भएसँगै राहत महसुस । 

१९. गाउँपालिकामै चोरी !

गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय तोडफोड गरी नगद चोरी, आइतबार राति कार्यालय तोडफोड गरी कार्यलयमा रहेको टेवलको लकर फोडेर चोरी, कुल ६५ हजार रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीद्वारा जानकारी । 

२०. धमाधम पुल निर्माण

झापाको अर्जुनधारा नगरपालिकाद्वारा तीन वर्षको अवधिमा साना ठूला गरी एक सय पाँच वटा पुल र कल्भर्ट निर्माण, नगरपालिकाको आन्तरिक बजेटबाट १२ लाखदेखि ४५ लाखसम्मको बजेटमा पुल बनाइएको भनाइ, वल्लो पल्लोगाउँ पुग्नै घण्टौँ हिँड्नुपर्ने बाध्यताको अन्त्य ।