close

व्यवसायका अब्बल सहदेव जसलाई राज्यले चिन्यो 

व्यवसायका अब्बल सहदेव जसलाई राज्यले चिन्यो 

Trulli
ADVERTISEMENT

काठमाडौं– विकास निर्माणको ठेक्का लिएर समयमै काम नगर्ने प्रवृत्तिका कारण निर्माण व्यवसायीको मूल्यांकन समाज र राज्यबाट बिरलै हुने गरेको छ । ठेकेदार भनेर नाक खुम्च्याउने अवस्था अझै हटिसकेको छैन । 


तर, आफूले जिम्मा लिएर समयअवावै काम गर्ने व्यवसायी पनि यही समाजमा छन् । अव्बल काम गरेवापत व्यवसायी सहदेव खड्कालाई राज्यले पुरस्कृत गरेको छ ।


चितवनको भरतपुर सहलगानी धनगढा खानेपानी आयोजना र डाँडी सहलगानी रत्ननगर खानेपनी आयोजनाको काम समयअगावै सकियो । यो आयोजनाको जिम्मा खड्काले लिएका थिए । हजारौँ आयोजना सम्पन्न गरिसकेका खड्काको काम सरकारले यतिबेला मूल्यांकन गरेको छ । सरकारले राजपत्रमा सूचना निकालेरै निर्माण व्यवसायीलाई सम्मान गरेको पहिलो पटक हो । 


दोलखामा जन्मेका खड्का विभिन्न जिल्लाका विकास निर्माणका आयोजनामा व्यस्त छन् । यतिबेला उनका ५ वटा आयोजना सञ्चालनमा छन् । 


जागिरबाट सुरु भएको व्यावसायिक यात्रा 


खड्का औपचारिक शिक्षा पूरा गरेर जागिरको खोजीमा २०६१ मा एसेन्ट ड्रिले कम्पनीमा पुगे । सो कम्पनीमा उनले सुपरभाइजरको रूपमा काम गर्ने अवसर पाए । 


सानैदेखि अस्ट्रेलिया जाने सपना बुनेका खड्काको जीवन निर्माण व्यवसायमा मोडियो । उनका बुबा नेपाली सेनाका सुवेदार थिए । देशमै केही गर्नुपर्ने उनका बुबाको सपना पूरा गर्न यही व्यवसाय गर्ने सपना देखे, खड्काले ।

 

सो कम्पनीमा २०६१ देखि २०६७ सम्म काम गरे । सुपरभाइजरबाट सुरु भएको जागिरे जीवनमा जनरल म्यानेजरसम्मको जिम्मेवारी सम्हाल्ने अवसर पाए । जागिरे जीवनमा पनि उत्कृष्ट कर्मचारीको रूपमा काम गरे । खड्काले भने, ‘जहाँ–जहाँ जम्मेवारी लिएँ । कुशलतापूर्वक सम्पन्न गर्दै गएँ ।’


करिब ६ वर्ष सो कम्पनीमा काम गरेका खड्काले २०६७ मा भीमेश्वर ड्रिलिङ उद्योगको स्थापना गरे । सो कम्पनी खानेपानी र सिँचाइ क्षेत्रमा काम गर्ने उद्धेश्यले स्थापना गरेको खड्का बताउँछन् । कम्पनी खोलेको ३ वर्षमै नेपालको उत्कृष्ट कम्पनीको रूपमा चिनाउन सफल भए उनी । २०७१ मा सगुन, स्वीकार गरी २ वटा कन्स्ट्रक्सन स्थापना गरे । भीमेश्वर ड्रिलिङ उद्योगलाई २०७५ मा प्रालिमा रुपान्तरण गरे । हाल उनीसँग ३ वटा निर्माण कम्पनी छन् । 


यसरी बने उत्कृष्ट व्यवसायी 


खानेपानी क्षेत्रमा लिएको ठेक्काको समयअगावै काम सकेकाले सरकारबाटै बोनससमेत प्राप्त गरे । उनले भरतपुर सहलगानी धनगढा खानेपानी आयोजना र डाँडी सहलगानी आयोजना रत्ननगर खानेपानी आयोजनामाको काम समयअगावै सकाएका थिए । यो योजना ३२ करोड रुपैयाँको थियो । खानेपानी क्षेत्रमा सरकारले निर्माण व्यवसायीलाई सम्मान गरेको यो पहिलो हो ।


खड्कालाई सरकारले उत्कृष्ट निर्माण व्यवसायीको रूपमा ३ असोज २०७७ को संविधान दिवस अवसरमा राजपत्रमा सूचना प्रकाशन गरेको थियो । ३ फागुनमा उनलाई पदकसहित सम्मान गरियो । लुम्बिनी प्रदेश सरकारले पनि ‘प्रदेशरत्न ख’बाट सम्मानित गरेको छ । 


नेपालमा हालसम्म कुनै पनि निर्माण व्यवसायीलाई सरकारले सम्मान गरेको छैन । सरकारको नजरमा उत्कृष्ट ठेकेदार भएका खड्का भन्छन्, ‘आफ्नो जिम्मेवारी पूरा गर्दै आएँ । सरकारले गरेको मूल्यांकनबाट खुसी छु । यो मेरा लागि मात्र नभएर सम्पूर्ण निर्माण व्यवसायीका लागि गौरवको कुरा हो ।’


निर्माण व्यवसायीलाई हेयको दृष्टिले हेरिन्छ 


निर्माण व्यवसायीलाई ठेकेदार शब्दको प्रयोग हुँदै आएकोमा भने उनको चित्त दुखाइ छ । उनी भन्छन्, ‘हामी ठेकेदार होइनौँ । निर्माण व्यवसायी हाँै । देशको ६५ प्रतिशत हिस्सा ओगटेको निर्माण व्यवसायीलाई ठेकेदारजस्तो शब्द प्रयोग गरेर बोल्नु उपयुक्त हुँदैन ।’ 

 

सरकारी निकाय बीच समन्वय अभाव 

 

विकास निर्माणका काम गर्दा सरकारी निकाय बीच नै सरकारी समन्वयको अभाव देखिने गरेको छ । सरकारले कुनै आयोजनाको टेन्डर निकाल्नु अगाबै समन्वय नगर्दा अस्तव्यस्त देखिने गरेको छ । कुनै सडक निर्माण गर्नू अगाडी सरकारले खानेपानी,ढल,विद्युत प्राधिकरण, टेलिकम लगायतसँग छलफल अगाबै टेण्डर निकाल्दा ठेकदारले काम नगरेको देखिएको निर्माण व्यवसायीको  भनाइ छ । 


सरकारले समन्वय नगर्दा निर्माण कार्यमा ढिलासुस्ति हुने खड्काको भनाइ छ । सरकारले सडक कालोपत्रे गर भन्छ ,तर,  बजेट छुट्याएको छैन भन्दै सडकमा पर्ने वन मन्त्रालयले एउटा रुख काट्न २ वर्ष लगाइ दिन्छ । खड्काले भने,‘आज कालोपत्रे गरी सक्यो,भोलि खानेपानीले भत्काउँछ , यसरी सरकारी समन्वय अभाबका कारण काम हुन सक्दैन दोष निर्माण व्यवसायीले भोग्नु परेको खड्काको भनाइ छ । 


निर्माण व्यवसायीलाई सडक कालोपत्रे गर्ने जिम्मेवारी मात्र दिइएको हुन्छ । त्यस अगाडीको सम्पुर्ण काम सरकारी निकायले गर्नू पर्ने हुन्छ । तर,यहाँ विजुलीको पोल सार्ने,ढल हाल्ले लगायतका  काम सरकारले नगर्दा  निर्माण व्यवसायीले भोग्नु परेको व्यवसायीको भनाइ छ ।   
 

काम नगर्ने सरकार, दोष व्यवसायीलाई 

 

विकास निर्माणका क्षेत्रमा सरकारले जिम्मेवारीपूर्वक काम नगर्दा त्यसको दोष निर्माण व्यवसायीले भोग्नु गरेको खड्काको अनुभव छ । सरकारी निकायबीच समन्वयबिनै टेन्डर प्रक्रिया अगाडि बढाएकाले निर्माण कम्पनीले समयमै काम गर्न सक्दैनन् । एउटा सडक निर्माण गर्दा वन, खानेपानी, विद्युत् प्राधिकरण, ढल, टेलिफोनलगायतसँग समन्वय गर्नुपर्छ । सरकारले टेन्डर हाल्छ तर समन्वय गर्दैन । सडकमा पर्ने २ वटा रुख काट्न २ वर्ष लाग्छ । खानेपानी, ढलले सडक खन्छ । निर्माण गर्ने वातावरण सरकारले बनाउँदैन तर दोष हामीले पाउँछौँ । 


वर्ष दिनसम्म दिइँदैन काम गरेको रकम 

 

काम गरेको वर्ष दिनसम्म रकम नपाएको व्यवसायीको गुनासो रहेने गरेको उनको भनाइ छ । निर्माण व्यवसायी आफूले यतिसम्म लगानी गर्ने भनेर सरकारले तोकिदिनुपर्ने खड्काको तर्क छ । अघिल्लो जेठमा काम गरेको ६० करोड रुपैयाँ सरकारले अझै दिएको छैन । 


सरकारले यसो गर्दा व्यवसायीले कसरी काम गर्न सक्छन् ? सरकारले बजेटको सुनिश्चितता नगरी टेन्डर निकाल्न नहुने उनको तर्क छ । निर्माण व्यवसायीले काम गरेनन् भने दण्डित गर्दा हुन्छ तर सरकारले काम नगरेर व्यवसायीलाई दोष दिन मिल्दैन । त्यसको जिम्मा सरकारले लिनुपर्छ । तर, खड्काले हालसम्म गरेका काम समयसीमाभन्दा पछाडि धकेलिएको छैन । सरकारले समयम पैसा भुक्तानी नगर्दा करिब ३० वटा काम रोकिएका छन् । 


चन्दा मागेरै हैरान 

 

कुनै आयोजनाको काम सुरु हुनुअगावै स्थानीय, टोले गुन्डा, राजनीतिक दलहरूले विभिन्न बहानामा पैसा असुल्ले गरेका छन् । खड्का भन्छन्, ‘ठेकेदार अर्थात् निर्माण व्यवसायी भन्नेबित्तिकै पैसाको बोट सोच्छन् । हरेक बहानामा पैसा असुल्न थाल्छन् । पहिलाको तुलनामा हाल केही कमी आएको उनको अनुभव छ ।