close

ताप्लेजुङको दोभान बजारमा आगलागी, ३० घरपसल जले 

ताप्लेजुङको दोभान बजारमा आगलागी, ३० घरपसल जले 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको मेरिङ्देन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको संगम क्षेत्र दोभान बजारमा मंगलबार बिहानै आगलागी भएको छ । 

 

बीच बजारबाट सुरु भएको आगलागीले अहिलेसम्म बजार–पसलसहित करिब ३० वटा जति जलेको र नियन्त्रणका लागि पहल नभएको स्थानीय दीपेश कार्कीले जानकारी दिए । 

 

दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो र व्यस्त बजार मानिन्छ । सबै घर जोडिएर बनेका र काठ र टिनबाट निर्मित घर भएकाले आगो दन्किरहेको स्थानीयले बताएका छन् । 


स्थानीय व्यवसायी भोला पौडेलको घर नजिकबाट आगो सुरु भएको हो । आगो नियन्त्रणका लागि स्काइभेटर प्रयोग गरेर केही घर भत्काउने कार्य पनि भइरहेको छ । दोभान बजारको खाम्लुङतर्फको भागमा आगोले बढी क्षति गरेको छ । फुङ्लिङ बजारमा रहेको बारुणयन्त्रसमेत आगलागी भएको क्षेत्रमा पठाइएको छ । 

 

कच्ची बाटो भएको र पुग्नै समय लाग्ने भएकाले बारुणयन्त्र पुगिसक्दा आगोले निकै क्षति गरिसक्ने स्थानीयको अनुमान छ । ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी बालनरसिंह राणाले आफूहरू आगलागी भएको क्षेत्रतर्फ लागिसकेको जानकारी दिए ।