close

विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले बनायो समिति 

विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले बनायो समिति 

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले आफैले राजनीतिक गतिविधिमा  प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग बार्ता गर्न टोली गठन गरेको छ । 

 

सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले वार्ताका लागि टोली गठन गरिएको जानकारी दिए । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा  राजन भट्टराई सदस्य रहेकाे समिति बनेको छ । 

 

प्रधानमन्त्री केपी ओलीले सार्वजनिक कार्यक्रममार्फत विप्लवसँग चाडै बार्ता हुने बताएका थिए । 

 

विप्लवले पनि वार्ताका लागि बन्दी बनाइउका कार्यकर्ता रिहा गर्नुपर्ने लगायतको सर्त अघि सार्दै आएको छ । तर सरकारले बन्दी रिहा  गर्ने विषयमा भने अहिलेसम्म कुनै निर्णय लिइसकेको छैन । 


विप्लव समूहले पनि तीन सदस्यीय वार्ता टोलीमा रहेका सदस्यसमेतको घोषणा गर्ने बताइएको छ ।