close

पालिकाभरका वडा कार्यालय भवन निर्माणमा जुट्यो पुथाउत्तरगंगा 

पालिकाभरका वडा कार्यालय भवन निर्माणमा जुट्यो पुथाउत्तरगंगा 

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा अब सबै वडा कार्यालयको आफ्नै भवन हुने भएको छ । यस आर्थिक वर्षमा १४ वटा वडा रहेको पुथाउत्तरगंगामा चालू आर्थिक वर्षमा नयाँ ७ वटा वडा कार्यालय भवन निर्माण थालिएको हो । 

 

गाउँपालिकाको वडा नम्बर ४ अर्जलबाहेक यस आर्थिक वर्षमा ७ वटा नयाँ वडा कार्यालय भवन निर्माण सुरु भएको छ । यसैगरी साविक ४ वटा गाविसको कार्यालय र गत वर्ष निर्माण गरिएको २ वटा भवनसँगै हाल ६ वटा वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिइरहेका छन् ।


यस आर्थिक वर्षमा वडा नम्बर १४ राङ्सी, ७ को जाङ, ११ को दमचन, १३ को पिलतुङ, ९ को खाराबाङ, ६ को मयाङ र ५ को हुकाममा यस आर्थिक वर्ष वडा कार्यालयको भवन निर्माण भइरहेको वडा नम्बर ८ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता भीमबहादुर मल्लले जानकारी दिए । 


सडकको पहुँचमा रहेका वडाका लागि २० र सडकको पहँुचमा नभएका वडा कार्यालय भवन निर्माणका लागि २५ लाख रुपैयाँका दरमा गाउँपालिकाले बजेट विनियोजन गरेअनुसार भवन निर्माण सुरु भएको मल्लले बताए । 

 

सडकको पहुँचमा रहेका जाङ, राङ्सी, पिपलतुङ, दमचनका लागि २० लाख रुपैयाँका दरको बजेट विनियोजन गरिएको छ भने खाराबाङ, हुकाम र मयाङ वडा कार्यालयका लागि २५ लाख रुपैयाँको बजेट रहेको गाउँपालिकाले जनाएको छ । 

 

गत वर्ष वडा नम्बर २ को पेल्मा र ३ को रन्मामा वडा कार्यालय भवन निर्माण गरिएसँगै साविक गाविस भवन रहेको वडा नम्बर १२ को कोल, १ को मैकोट, ३ को रन्मा र ८ को चारगाउँमा हाल आफ्नै वडा कार्यालय भवनबाट सेवा दिइरहेका छन् । तर, वडा नम्बर १० को तकमा साविक तकसेरा गाविसको भवनमा हाल गाउँपालिका बसिरहेको पालिकाका उपाध्यक्ष ओमकुमारी शाही (मल्ल) ले बताइन् । 

 

गाउँपालिकाका लागि स्थानीयले जग्गा उपलब्ध गराएकाले पालिकाको प्रशासनिक भवन निर्माण भए वडा नम्बर १० लाई भवन छाडिदिने शाहीको भनाइ छ । वडा नम्बर १० ले हाल भाडाको घरबाट सेवा प्रवाह गरिरहेको छ । यस आर्थिक वर्ष निर्माण भइरहेका ७ र यसअघिका ६ वटा गरी चालू वर्षमा वडा नम्बर ४ वडाबाहेक १३ वटा वडाको आफ्नै भवन हुनेछ ।