close

रुखले रोक्यो काम, अध्यक्षले खाए जनताको दाम (भिडियो खबर)

रुखले रोक्यो काम, अध्यक्षले खाए जनताको दाम (भिडियो खबर)

ADVERTISEMENT

 

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

आगाेले  खायाे

 

१. ताप्लेजुङको मेरिङ्देन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको संगम क्षेत्र दोभान बजारमा आगलागी, बजार–पसलसहित करिब ४०घर जलेर नष्ट, आगो निभाउन सुरक्षाकर्मी परिचालन, क्षतिको विवरण आउन बाँकी ।


२. एकीकृत बस्ती बन्ने 


प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मोरङको उर्लावारीस्थित रातोहोली खोल्सीको किनारामा सन्थाल जातिको एकीकृत वस्ती निर्माणको शिलान्यास, उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा सन्थालका लागि १ सय ३२ घर निर्माण हुने ।

 
३. पहिलो शैलपुत्री शक्तिपीठ 


रूपन्देहीको सैनामैना नगरपालिकामा नेपालकै पहिलो शैलपुत्री शक्तिपीठ मन्दिर निर्माण गरिने, नगरपालिकाको वडा नम्बर ३ मुर्गियामा रहेको दुर्गा मन्दिर छनोट, नगरपालिकाको २३ करोड ५० लाख रुपैयाँको लागतमा परियोजनाको डिपिआर प्रस्तुत । 


४. आगलागीले सिध्यायो 


कपिलवस्तुको यशोधरा गाउँपालिका–८ बाँसखोरमा आगलागी हुँदा ५ घर जलेर नष्ट, आगलागीबाट १६ लाख पचास हजारको क्षति भएको अनुमान, बाणगंगा नगरपालिका र शिवराज नगरपालिकाका वन क्षेत्रमा समेत आगलागी । 

 

५. अध्यक्षको खोजीमा अख्तियार


धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतको गाडीबाट अख्तियारद्वारा ८ लाख रुपैयाँ घुस लिएको रकम बरामद, गाडी र चालक वीरबहादुर मगर नियन्त्रणमा, अध्यक्ष राउत भने फरार, कारबाहीको माग गर्दै गाउपालिकाको कार्यलयमा तालाबन्दी । 

 

६. आधारभूत आवश्यकता पूरा हुँदै 


गण्डकी प्रदेशका २५ नगरपालिकामा खानेपानी र सरसफाई गुरुयोजना बनाईने, नेपाल नगरपालिका संघ र यहाँका नगरपालिका बीच योजना निर्माणका लागि सम्झौता, संघका महासचिव भीम प्रसाद ढुंगाना र सबै नगरका नगरप्रमुखबीच सम्झौता पत्रमा हस्ताक्षर ।

 

७. विकासले निम्त्याएको विवाद

 

पूर्वी रुकुम र बागलुङको सिमानामा निर्माणाधीन संरचना रोकिएपछि बढेको विवाद समाधानका लागि २ जिल्लाका पदाधिकारीबीच छलफल, सीमा जोडिएका पालिकाका अध्यक्ष, सिमानाका वडाध्यक्ष, नापी अधिकृतसमेत रहेको कार्यदल गठन, विवाद समाधान उन्मुख । 

 

८. रुखले रोक्यो काम


सुर्खेतको वीरेन्द्रनगर नगरपालिका सहित सरकारी लगानीमा निर्माण हुने भनिएको खेल मैदानमा तीन महिनादेखि अन्यौलमा, मैदानको सालको रुख काट्न जिल्ला वन कार्यालयले अनुमति नदिँदा काम बीचमै रोकियो । 

 

९.स्थानीयमा छायो खुसी 

 

लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदह नगरपालिकामा एक सय विगाहा जमिन पायो, नगरपालिकाको वडा नम्बर ८ स्थित बुद्धमावली सामुदायिक वनसहितको जग्गा विश्वविद्यालयले पाएसँगै स्थानीयले खुसी मनाउँदै गरे दिपावली । 


१०. गाउँपालिकाको सक्रियता


म्याग्दीमा प्रथम धवलागिरी गाउँपालिका स्तरीय किशोरी सम्मेलन सम्पन्न, बालबिवाह र यौनजन्य हिंसा न्युनीकरण तथा महिनावारी स्वच्छताका लागि ११ बुदे घोषणापत्र जारी, किशोरीहरुको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको समस्या समाधान गर्ने प्रतिबद्धता । 

 

११. बोलीमै सीमित नहोस्

 

धनुषामा सेफ नेपालको आयोजनामा बाल बिवाह र कानूनी पहिचान विषयक जनप्रतिनिधिसँग अन्तर संवाद कार्यक्रम सम्पन्न, शहिदनगर नगरपालिकाका नगरप्रमुख उदय बरबरिया यादवले बाल बिवाह विरुद्धका अभियान नगरको नीति तथा कार्यक्रम समावेश गर्ने जनाए प्रतिवद्धता । 

 

१२. तालिम दिँदै नगरपालिका 


चितवनको माडी नगरपालिका भित्र रहेका सहकारी संस्थाका पदाधिकारीबिच अभिमुखीकरण सम्पन्न, नगरपालिकाले तयार पारेको सहकारी नीति, ऐन नियमावली तथा दर्ता प्रक्रिया जस्ता विषयहरूमा प्रशिक्षण, सहकारीका व्यवस्थापकहरु लाइ क्षमता अभिबृद्धि तालिम दिइने ।
 

१३. चुइचुम्माको खाजा सुविधा


खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले दिवा खाजा कार्यक्रम सुरु, सात वडा रहेको गाउँपालिकाभित्र पर्ने ४८ विद्यालयको बालविकास केन्द्रसम्मका तीन हजार ५४ विद्यार्थीलाई खाजा उपलब्ध गराउने । 


१४. उपमहानगर मातहत खानेपानी


 धरानमा खानेपानी वितरण गर्दै आएको खानेपानी संस्थानको शाखालाई धरान उपमहानगरको खानेपानी व्यवस्थापन बोर्डमा गाभियो, मर्ज गरिएको बोेर्डद्वारा जानकारी, संस्थानको सम्पत्ति, दायित्वलाई बोर्डमा हस्तान्तरण गरिएको बोर्डको भनाइ । 

 

१५. जताततै आगलागी 


तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकमा रहेको होटल सःस इनमा आगलागी, विद्युत सर्ट भएर आगलागी हुँदा होटलको तल्लो तलाको अधिकांश भागमा क्षति ।  

 

१६. खेलौँ खेलाडी बनौँ 

 

चैत २ बाट गुल्मीको तम्घास नगरपालिकामा सर्वाधिक राशीको माविस्तरीय खेल प्रतियोगिता हुँदै, र राष्ट्रिय खेलाडी उत्पादन गर्ने पालिकाको लक्ष्य । 


१७. अटिजम पीडितलाई राहत


रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्रामको शान्ति नमुना माध्यमिक विद्यालयमा अटिजम भवनको शिलान्यास, लुम्बिनी प्रदेश सरकारको २० लाख रुपैयाँको लागतमा ६ कोठे भवन बन्दै । 

 

१८. बन्दै भए जनप्रतिनिधिका कार्यालय


रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका सबै वडामा बन्ने भयो कार्यालय भवनचालु आर्थिक वर्षमा ७ वटा वडा कार्यालय भवन सम्पन्न गर्ने लक्ष्य । 


१९. धमाधम लगत संकनल


चितवनको माडी नगरपालिकामा वडावडामा पुगी सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेकाहरूको लगत लिने काम जारी, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको निवेदनका आधारमा फारम भर्ने काम भइरहेको माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालद्वारा जानकारी । 


२०. दुर्घटनाको दर्द

 

जुम्लाको सिंजा गाउँपालिका–६ भाडगाउँमा ट्याक्टर दुर्घटना, ९ जना घाइते, घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै ।