close

जनप्रतिनिधिलाई कोरोनाविरुद्धको खोपको प्रभाव सिकाउँदै भक्तपुर 

जनप्रतिनिधिलाई कोरोनाविरुद्धको खोपको प्रभाव सिकाउँदै भक्तपुर 

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाको खोप समन्वय समितिको आयोजनामा कोभिड– १९ विरुद्धको खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । कोभिड–१९ बारे जनतामा फैलिएको भ्रम हटाउने उद्देश्यले पालिकाले नगरभित्रका सम्पूर्ण जनप्रतिनिधिलाई अभिमुखीकरण दिएको हो । 

 

नगर खोप समन्वय समितिका संयोजक एवं नगरप्रमुख सुनील प्रजापतिले सरकारको आधिकारिता प्राप्त कोभिडशिल्ड खोप अभियानमा जनताको सहभागिताका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । खोप अभियानलाई जनप्रतिनिधि–जनताबीच नजिक जाने अवसरको रूपमा लिएर सेवामा जुट्न नगरपालिका संयन्त्रलाई आग्रह गरे । 

 

नगरप्रमुख प्रजापतिले कोभिड–१९ बारे देखिएको भ्रमबारे जनतालाई सचेत पार्नुपर्ने बताउँदै यो खोपको प्रभावकारिता दर वृद्धि भइरहेको हुँदा नागरिकलाई स्वेच्छामा खोप लगाउन प्रेरित गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले अभिमुखीकरण कार्यक्रम सञ्चालनको उद्देश्यबारे जानकारी दिए ।