close

सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति, ओली र विप्लवले सहमति सार्वजनिक गर्दै 

सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति, ओली र विप्लवले सहमति सार्वजनिक गर्दै 

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ । दुई दिन लामो वार्तापछि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने सहमति भएको छ । 

 

सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको वार्ता समितिले जनाएको छ । 

 

सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादल र विप्लवका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्त हस्ताक्षर गरी प्रेस विज्ञप्तिमाफृत सहमति भएको जनाएका हुन् । तीन बुँदे सहमति भने विस्तृतमा खुलाइएको छैन । 

 

भोलि दिउँसो २ बजे विशेष समारोहका बीच सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने भएका छन् ।