close

प्रदेश संसद स्थगित भएपछि प्रचण्ड–नेपाल खेमा सभामुखसँग असन्तुष्ट 

एक साता पछि सर्‍यो बैठक

प्रदेश संसद स्थगित भएपछि प्रचण्ड–नेपाल खेमा सभामुखसँग असन्तुष्ट 

एक साता पछि सर्‍यो बैठक

Trulli
ADVERTISEMENT

मोरङ– प्रदेश १ को बिहीबार बस्ने भनिएको प्रदेशसभा बैठक एक साता पछि सारिएको छ । प्रदेशसभा सचिवालयले बिहीबार बस्ने बैठक सूचना टाँसेर स्थगित गरेको जनाएको हो ।


२० फागुनसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो । ९ फागुनमा बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको थियो ।  

 


सरकारको उपस्थितिबिनै बैठकमा अविश्वासको प्रस्ताव पेस गरिएको भन्दै मुख्यमन्त्री सभामुख प्रदीपकुमार भण्डारीसँग असन्तुष्ट भएका थिए । बिहीबारको बैठकलाई सभामुखले कसरी अगाडि बढाउलान् भनेर चासोका साथ हेरिएको थियो । 

 


बैठक स्थगित भएपछि पुष्पकमल दाहाल–माधव नेपाल खेमा भने सभामुखसँग असन्तुष्ट बनेको छ । बैठक २ चैतमा बस्ने गरी स्थगित भएको संसद् सचिवालयले सूचना टाँस गरी जानकारी गराएको छ ।