close

छोरी–बुहारीलाई लोकसेवा पढाउँदै बेलबारी 

छोरी–बुहारीलाई लोकसेवा पढाउँदै बेलबारी 

Trulli
ADVERTISEMENT

मोरङ– मोरङको बेलबारी नगरपालिकाले छोरी–बुहारीलाई लक्षित गरेर लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । ५० जना छोरी–बुहारीलाई १ महिनासम्म कक्षा सञ्चालन गरेर लोकसेवा पढाउन थालिएको नगरपालिका कार्यालयले जनाएको छ । 

 

महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले लोकसेवा कक्षा सञ्चालन गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । ५० जनाको संख्यामा आवेदन खुलाएर कक्षा सञ्चालन भए पनि त्योभन्दा बढी सहभागी भएका छन् ।

 

गत वर्षसमेत नगरपालिकाले लोकसेवा कक्षा सञ्चालन गरेको थियो । न्यूभिजन इटहरीको प्राविधिक सहयोगमा लोकसेवा कक्षा सञ्चालन गरिएको हो । 


यसले लोकसेवाको तयारी गरिरहेका विद्यार्थीलाई सहयोग पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले बताए । आत्मनिर्भर हुने र निजामती क्षेत्रमा महिलाको उपस्थिति बढ्ने विश्वास उनको छ ।