close

बबईमा एकीकृत पाठ्यक्रम पढाउन शिक्षकलाई तालिम

बबईमा एकीकृत पाठ्यक्रम पढाउन शिक्षकलाई तालिम

Trulli
ADVERTISEMENT

दाङ– दाङको बबई गाउँपालिकामा कक्षा १ मा लागू भएको नयाँ पाठ्यक्रमका विषयमा शिक्षकलाई तालिम दिन सुरु गरिएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तालिम सुरु भएको हो ।

 

शिक्षकलाई नयाँ पाठ्यक्रमको एकीकृत स्वरूप र पाठ्यक्रम कार्यान्वयनका लागि तालिम दिन सुरु गरिएको छ । ३ दिनसम्म सञ्चालन हुने तालिम सहभागी शिक्षकलाई कक्षा १ देखि ३ सम्मका विद्यार्थीको शिक्षा सुधार्ने उपायबारे प्रशिक्षित गराइनेछ । 

 

कार्यक्रममा गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले शैक्षिक सुधारका लागि साना बालबालिकाको पढाइमा ध्यान दिन आग्रह गरे । बबईमा शिक्षा सुधारका काम भएकाले त्यसमा शिक्षक, अभिभावक र विद्यार्थीको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ । 

 

कार्यक्रममा बबईका प्राथमिक तहका शिक्षकको सहभागी छन् भने सहजीकरण जनता मावि हंसपुरका प्रधानाध्यापक मोहनकुमार दाहालले गरेका छन् ।