close

नक्कलीलाई वडाध्यक्षको साथ, जुम्ली जनताका पुर्पुरोमा हात (भिडियो खबर)

नक्कलीलाई वडाध्यक्षको साथ, जुम्ली जनताका पुर्पुरोमा हात (भिडियो खबर)

Trulli
ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) वडाध्यक्ष र सचिवद्वारा आत्मसर्मपण


झुटो विवरण पेस गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ का वडाध्यक्ष पुर्म पुन र सचिव शिलु आले मगर प्रहरी नियन्त्रणमा, दुवै जनालाई अदालतबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप । 

 

२) १५ दिनभित्र प्रतिवेदन पठाउनुपर्ने


सामाजिक सुरक्षा भत्ता वितरणको प्रतिवेदन पेस नगर्ने ४८ स्थानीय तहलाई तत्काल पेस गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्र, १५ दिनभित्र प्रतिवेदन पठाउनुपर्ने ।  


३) सन्धिखर्कले किसानलाई ऋण दिने  

 

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि खेती गर्ने कृषकहरूलाई बिनाधितो सुलभ ब्याजदरमा ऋण दिने, नगरपालिका र नेपाल बैंक लिमिटेडबीच सम्झौता ।

 

४) बटेश्वरका अध्यक्ष फरार, कार्यालयमा तालाबन्दी 

 

धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतको गाडीबाट अख्तियारले ८ लाख रुपैयाँ घुसको रकम बरामद गरेपछि राउतलाई कारबाही माग गर्दै स्थानीयले १८ फागुनदेखि पालिकाको कार्यालयमा लगाएको ताला अझै खुलेन, कामकाज प्रभावित, अध्यक्ष फरार ।

 

५) स्वास्थ्य चौकीमा सुत्केरीलाई उपाध्यक्षको कोसेली

 

दाङको राप्ती गाउँपालिकाले सुत्केरीलाई विभिन्न कोसेली दिन थाल्यो, कोसेली पाउन महिलाले स्वास्थ्य चौकीमा बच्चा जन्माउनुपर्ने ।  

 

६) धेरै अन्न फलाउनेलाई पालिकाको पुरस्कार

 

पाँचथरको मिक्लाजुङ गाउँपालिकाले धेरै अन्न फलाउने किसानलाई दियो पुरस्कार, ६६ जना धान खेती र ५९ जना मकै खेती गर्ने किसानले पाए प्रतिकिसान १ लाख रुपैयाँ ।


७) खोप भण्डारण गृह निर्माण सुरु

 

पोखरा महानगरपालिका–१२ रामघाटस्थित कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण गरिने, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुुब्बा गुरुङले गरे भण्डारण गृहको शिलान्यास ।


८) माई नगरपालिकामा सार्वजनिक बिदा

 

सुखानी सहिदहरूको स्मृतिमा इलामको माई नगरपालिकाले दियो सार्वजनिक बिदा, पालिका र मातहतका कार्यालय बन्द ।


९) विद्यालयलाई भवन हस्तान्तरण

 

जापानको सहयोगमा गुल्मीको मुसीकोट नगरपालिका–२ स्थित नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका चार कोठे विद्यालय भवन निर्माण, नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण ।

 

१०) साक्षर नरैनापुर घोषणा गर्ने अभियान


बाँकेको नरैनापुर गाउँपालिकालाई आगामी वैशाख मसान्तसम्म साक्षर पालिका घोषणा गरिने, अभियानलाई सफल बनाउन गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहको संयोजकत्वमा बन्यो पालिका स्तरीय समिति ।


११) नगरको विकासमा आयोजनाले सहयोग गर्ने


नेपाल सहरी शासकीय र पूर्वाधार आयोजनाले मुलुकभरका ३३ नगरपलिकालाई सहयोग गर्ने, आयोजनाले २९ वटा नगरपालिकालाई ससर्त अनुदान र ४ वटा नगरपालिकालाई क्षमता अभिवृद्धिमा सहयोग गर्ने ।

 

१२) जुम्लाको बजार व्यापारीको कब्जामा


जुम्लाको चन्दननाथ नगरपालिकाको मुख्य बजारमा म्याद नाघेका अखाद्य वस्तु छ्याप्छ्याप्ती, अनुमगनको सुइँको पाउनासाथ ठूला व्यापारीले गरे पसल बन्द,  २६ वटा पसलमा गरिएको अनुगमनमा अखाद्य र म्याद गुज्रेका वस्तु जफत ।

१३) छोरी–बुहारीलाई लोकसेवा कक्षा


५० जना छोरी–बुहारीलाई लोकसेवा पढाउँदै मोरङको बेलबारी नगरपालिका, १ महिनासम्म कक्षा सञ्चालन गरिने ।

 

१४) सूचना प्रविधिमा अब्बल बन्दै धनगढी 


कैलालीको धनगढी उप–महानगरपालिका तथा ग्राम विकास तथा अनुसन्धान केन्द्रबीच उपमहानगरमा थप वडामा सूचना प्रविधि केन्द्र स्थापना गर्ने सम्झौता, सुशासन प्रवद्र्धन प्रविधि केन्द्रले सहयोग गर्ने ।


१५) उपप्रमुख विद्यालयको अनुगमनमा

 

काभ्रेको बनेपा नगरपालिकाकी उपप्रमुख रेखा सापकोटाद्वारा चण्डेश्वरी माविमा अध्ययनरत छात्राहरूलाई  स्यानिटरी प्याड वितरण, सोही अवसरमा उपप्रमुखद्वारा कक्षाकोठाको अवलोकन ।

 

१६) वालिङका कर्मचारीलाई तालिम


स्याङ्जाको वालिङ नगरपालिकाका कर्मचारीलाई आइसिटीसम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सुरु, सेवाग्रहीलाई छिटो र सहज ढंगले सेवा दिने पालिकाको लक्ष्य ।

 

१७) पाँचखालमा ८ वटा केन्द्र


पाँचखाल नगरपालिकाभित्रका जेष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन नगरभित्र ८ ठाउँमा खोप केन्द्र निर्धारण, २३ फागुनदेखि खोप लगाइने ।

 
१८) सैनामैनामा सुरु भयो मेयर कप ब्याडमिन्टन

 

रूपन्देहीको सैनामैना नगरपालिकाको आर्थिक सहयोग तथा दूधराक्ष युवा क्लबको आयोजनामा प्रथम मेयर कप बी लेभल ब्याडमिन्टन प्रतियोगिता सुरु, प्रतियोगितामा ३० समूहको सहभागिता (खेलाडी उत्पादन गर्दै सैनामैना)


१९) चौंरीदेउरालीमा अध्यक्ष कप फुटबल हुने


काभ्रेको चौंरीदेउराली गाउँपालिकामा २८ फागुनदेखि अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता हुने, प्रतियोगितामा पहिलो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउने 

 

२०) परशुराम प्रहरीसँग साझेदारी गर्दै

 

डडेल्धुराको परशुराम नगरपालिकाद्वारा अस्थायी ट्राफिक प्रहरी पोस्ट जोगबुडालाई विभिन्न जनचेतनामूलक होर्डिङ बोर्ड प्रदान ।