close

महाराजगञ्जको आठौँ नगरसभा: नगरपालिकालाई हिलोमुक्त सडक बनाउने बनाइने 

महाराजगञ्जको आठौँ नगरसभा: नगरपालिकालाई हिलोमुक्त सडक बनाउने बनाइने 

Trulli
ADVERTISEMENT

कपिलवस्तु– विकासको हिसाबले पछाडि परेको कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाले नगरस्तरीय सडकलाई हिलोमुक्त बनाउने भएको छ ।

 

नगरपालिकाको आठौँ नगरसभामा उपस्थित जनप्रतिनिधि र कर्मचारीसँग नगरप्रमुख अब्दुल कलामले हिलोमुक्त अभियानका लागि सडक कालोपत्रे र पिसीसी ढलानका योजना अगाडि सारिएको जानकारी दिए ।सडक निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग पहल भइरहेको उनको भनाइ छ । महाराजगञ्जभित्रका सडक सञ्जालको विकासका लागि वडा–वडामा पिसीसी सडक निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदप्रसाद खरेलले बताए ।

 

‘नगरको विकासका लागि जनप्रतिनिधि र सबै कर्मचारीले काम गरिरहेका छन् । विगतभन्दा अहिले सुशासनमा समेत सुधार भएको छ’, खरेलले दाबी गरे । नगरपालिकाले नगरसभाबाट कृषि, सडक निर्माण, सुशासनका लागि केही योजना थप गरेको नगरसभामा जानकारी दिइयो । 

 

नगरसभामा वडाअध्यक्षहरूले चालू आर्थिक वर्षमा भएको कामको प्रगति विषयमा आँकडा प्रस्तुत गरे । महाराजगञ्जको शिक्षा, स्वास्थ्य, प्रशासन, लेखा, राजस्वलगायत शाखाको प्रगति प्रस्तुत गरिएको नगरपालिकाका उपप्रमुख शुभावती कुर्मीले बताइन् ।