close

कैलाश सिँचाइ आयोजना शिलान्यास

कैलाश सिँचाइ आयोजना शिलान्यास

Trulli
ADVERTISEMENT

बाजुरा– सुदूरपश्चिम प्रदेश सांसद बलदेव रेग्मीले कैलाश सिँचाइ आयोजनाको शिलान्यास गरेका छन् । आयोजना सुदूरपश्चिम प्रदेश सरकारको १० करोड रुपैयाँ लागतमा निर्माण गरिन लागेको हो ।

 

कार्यक्रममा सांसद रेग्मीले समयमै आयोजना सम्पन्न हुने विश्वास व्यक्त गरे । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजनामा समेटिएको सिँचाइ योजना प्रदेशकै ठूलो आयोजना रहेको उनले बताए ।


 
बूढीनन्दा नगरपालिकाको वडा नम्बर १, २ र ३ नम्बर वडाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । सिँचाइ अभावका कारण खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले सिँचाइ आयोजना निर्माणलाई प्राथमिकता दिइएका स्थानीयले खुसी व्यक्त गरेका छन् ।

 

सिँचाइ आयोजनाको शिलान्यास कार्यक्रमका लागि वडा नम्बर ३ पुगेका सांसद रेग्मीसमक्ष स्थानीयले २ वटा मागसमेत राखे । वडा नम्बर ३ नाटेलीदेखि चोलू डाग्रेवाडासम्मको सडक निर्माण र भीरगाउँ–जातखोला बाटो निर्माणका लागि बजेट व्यवस्थापन गरिदिन स्थानीयले आग्रह गरे । सांसद रेग्मीले प्रदेश सरकारबाट बजेट व्यवस्थापन गरी चाँडै नागरिकका समस्या र माग सम्बोधन हुने विश्वास दिलाए ।


शिलान्यास कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद रेग्मी, बूढीनन्दा नगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष रामबहादुर बोहरा, वडा नम्बर ४ का वडाध्यक्ष राजनकुमार रोकाया, वडा नम्बर ५ का वडाध्यक्ष कृष्णराज पाध्याय, वडा नम्बर ६ का वडाध्यक्ष दलबहादुर भाट, वडा नम्बर ९ का वडाध्यक्ष खडक बोहरा, वडा नम्बर १० का वडाध्यक्ष सतवीर बोहरा, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगा गिरी, जलस्रोत तथा सिँचाइ विकास सब–डिभिजन कार्यालय प्रमुख नरेश शर्मा, साइड इन्चार्ज कमलेश चन्दलगायत उपस्थित थिए ।