close

 उद्योग वाणिज्य संघ चुनावमा जे देखियो...

फुटेको नेकपा एकैठाउँमा, सहकारीको खर्चमा भोट, मतदातालाई मासु–चिउरा

 उद्योग वाणिज्य संघ चुनावमा जे देखियो...

फुटेको नेकपा एकैठाउँमा, सहकारीको खर्चमा भोट, मतदातालाई मासु–चिउरा

Trulli
ADVERTISEMENT

मोरङ– मोरङको सुन्दरहरैँचा नगरपालिकको कोशीहरैचा उद्योग वाणिज्य संघको नवौं चुनावी साधारण सभाले संसदीय चुनावको झल्को दिएको छ । शनिवार भएको चुनावमा प्यानल नै बनाएर व्यापारीहरु सहभागी भएका छन् ।


कृष्णप्रसाद रिजाल र टिकाप्रसाद कट्टेल नेतृत्वको समूह आफ्नो समूहलाई व्यवसायीहरुको साझा समूह भएको दावी गर्दै चुनावमा होमिएका हुन । रिजाल काग्रेश निकटका हुन भने कट्टेल नेकपा निकटका हुन । उद्योग वाणिज्य संघ सुन्दरहरैचाको चुनावी मैदानमा जाँदा भने नेकपा एक भएको छ । 


चुनावी मैदानमा नगरका जनप्रतिनिधिहरु समेत खुलेर लागेका छन् । कांग्रेसबाट नगरप्रमुख भएका शिवप्रसाद ढकाल रिजाल प्यानलको भोट माग्न व्यापारीका घर घर पुगेका छन भने नेकपाबाट जनप्रतिनिधि भएकाहरु पनि कट्टेल प्यानलमा भोट माग्न व्यस्त छन् ।


सहकारीको खर्चमा चुनाव लड्दै 

 

जनताले  खाई नखाई गरेर जम्मा गरेको पैसाबाट एक सहकारीका अध्यक्ष चुनावी मैदानमा छन् ।  निहारीका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जित बहादुर सोडारी उद्योग बाणिज्य संघको चुनावी मैदानमा उत्रिएका हुन् । पानीको बोतलमा आफनो र सहकारीको नाम राखेर प्रचार गर्दै सोडारी चुनावी मैदानमा होमिएका छन्। एक दिन किस्ता नतिरे फाइन लिने गरेको सहकारीले सेयर सदस्यहरुको बचतको खिल्ली उडाएको छ । एक सहकारीकर्मीले भने यस्तै हर्कतका कारण सहकारी प्रति जनताको विश्वास घट्दै गएको दावी गरे । 


चुनावमा जानेलाई मासु चिउरा 

 

शनिवार बिहान ९ बजे देखि मतदान सुरु भएको छ । मतदानमा जानेहरुका लागि छुट्टाछुट्टै स्थानमा खाने व्यवस्था गरिएको छ । उमेदवारहरुले व्यापारी तथा आफना समर्थकहरुलाई खाजाको पनि व्यवस्था गरेका छन् । चना चिउरादेखि मासु चिउरासम्म खाने व्यवस्था छ । प्रचारका लागि भेस्ट तथा टोपी समेत कार्यकर्ताहरुलाई उमेदवारहरुले उपलब्ध गराएका छन् ।