close

डडेलधुरामा ९ हजार बढी ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदै

डडेलधुरामा ९ हजार बढी ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदै

Trulli
ADVERTISEMENT

डडेलधुरा- डडेलधुरामा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई यही २३ फागुनदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । दोस्रो प्राथमिकताको पहिलो चरणमा जिल्लाका ७ वटा स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन लागिएको हो । 

 

जिल्लाका २ वटा नगरपालिका तथा ५ वटा गाउँपालिकाबाट झन्डै ९ हजार ४ सय २१ जना ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख आशुतोष श्रेष्ठले बताए । 

 

उनले २६ फागुनसम्म सञ्चालन हुने अभियानमा खोप लगाउन आउने व्यक्तिले उमेर खुल्ने परिचयपत्र अनिवार्य ल्याउनुपर्ने बताए ।

 

खेप लगाउन ५२ स्वास्थ्यकर्मी र ५२ जना स्वयंसेवकलाई खटाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । अजयमेरु र अमरगढीमा २५-२६ फागुनसम्म खोप लगाइनेछ भने अरू स्थानीय तहमा २३ फागुनबाट लगाउन थालिएको छ । 

 

प्राथमिकताको पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, शव व्यवस्थापनमा खटिएका कर्मचारी र दोस्रो चरणमा पत्रकार, कर्मचारी, सुरक्षा निकाय, जनप्रतिनिधिलगायतलाई खोप लगाइएको थियो । पहिलो चरणमा छुटेकालाई दोस्रो चरणमा पनि लगाइनेछ ।

 

यसैबीच पहिलो चरणमा पहिलो डोज लगाएकालाई दोस्रो डोज ७ वैशाख र दोस्रो चरणमा खोप लगाएकालाई ९ जेठदेखि दोस्रो डोज दिइने भएको छ ।