close

कर्णालीका मुख्यमन्त्री शाही अस्पताल भर्ना

कर्णालीका मुख्यमन्त्री शाही अस्पताल भर्ना

Trulli
ADVERTISEMENT

मुगु- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अस्पताल भर्ना भएका छन् । उच्च रक्तचापबाट पीडित मुख्यमन्त्री शाही अस्पताल भर्ना भएका हुन् । 

 

स्वास्थ्यमा समस्या आएपछि मुख्यमन्त्री शाहीको काठमाडौं धुम्बाराहीस्थित ह्याम्स अस्पतालको ८१५ नम्बरको बेडमा उपचार भइरहेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए । 

 

शनिबार अस्पताल भर्ना भएका शाहीको अहिले स्वास्थ्यमा सुधार आएको आचार्यले बताए । ‘मुख्यमन्त्रीको पुरानै समस्या हो । अहिले सुधार आइसकेको छ’, आचार्यले भने, ‘सायद आजै डिस्चार्ज हुनुहुन्छ ।’

 

नेकपा पुष्पमकल दाहाल-माधव नेपाल खेमाका मुख्यमन्त्री शाही पार्टी बैठकको सिलसिलामा काठमाडौं पुगेका थिए ।