close

डडेल्धुराको नवदुर्गामा सूचना प्रविधि केन्द्र स्थापना

डडेल्धुराको नवदुर्गामा सूचना प्रविधि केन्द्र स्थापना

Trulli
ADVERTISEMENT

डडेल्धुरा- डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर १ मा सूचना प्रविधि केन्द्र (टेक्नो हब) स्थापना भएको छ ।

 

स्थानीयलाई सुसूचित पार्ने र गाउँपालिकाका हरेक गतिविधिलाई सूचना प्रविधिसँग अपडेट गराउने उद्देश्यले सूचना प्रविधि केन्द्र स्थापना गरिएको हो ।

 

सेसी नेपालको सहयोगमा स्थापना भएको सूचना प्रविधि केन्द्र उद्घाटन गाउँपालिका अध्यक्ष कवीन्द्र बिष्टले गरे । अध्यक्ष विष्टले गाउँपालिकाले उपलब्ध गराउने सेवा, सूचनालगायत विषय नागरिकले घरबाटै हेर्न पाउने बताए ।

 

सूचना प्रविधि केन्द्र स्थापनापछि यसलाई निरन्तरता दिने प्रयास हुनुपर्ने गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्ष भीमबहादुर बोहराले बताए ।

 

यसअघि सेसी नेपालको सहयोगमा गाउँपालिकाको वडा नम्बर ३ मा सूचना प्रविधि केन्द्र स्थापना भएको थियो ।

 

सूचना प्रविधि केन्द्रबाट सूचना पाइने भएपछि स्थानीय खुसी छन् । सुरुमा सूचना पाउन गाह्रो भए पनि केन्द्र स्थापनाले सहज हुने स्थानीय कीर्तबहादुर साउदको भनाइ छ ।

 

सूचना प्रविधि केन्द्र स्थापनाले समाजमा पिछडिएका वर्गलाई सूचना पाउन सहज हुने गाउँ कार्यपालिका सदस्य डम्बर लुहारले बताए ।

 

वडामा सूचना प्रविधि केन्द्र स्थापनापछि समाजमा पछाडि परेका महिला, दलित तथा सीमान्तकृत वर्गका नागरिकले गाउँपालिकाका हरेक नीति-नियम तथा विकासमा आफ्नो पनि हक अधिकार हुने रहेछ भन्ने महसुस गर्ने उनको दाबी छ ।