close

रूपन्देहीका १६ पालिकामा साढे ५२ हजारलाई कोरोनाविरुद्धको खोप लगाउँदै 

रूपन्देहीका १६ पालिकामा साढे ५२ हजारलाई कोरोनाविरुद्धको खोप लगाउँदै 

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीमा दोस्रो चरणको कोरोनाविरुद्धको खोप पहिलो चरणमा ८ पालिकामा लगाउन सुरु भएको छ । २३ देखि २५ फागुनसम्म र दोस्रो चरणमा १ देखि ३ चैतसम्म खोप लगाइँदै छ ।

 

जिल्ला स्वास्थ्य कार्यलय रूपन्देहीका अनुसार रूपन्देहीका १६ पालिकामा रहेका ६५ वर्षभन्दा माथिका ५२ हजार ६ सय ८७ जनालाई २ चरणमा कोरोनाविरुद्धको खोप लगाइने भएको हो ।

 

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्रकुमार गिरीका अनुसार १६ वटा स्थानीय तहमा २ चरणमा खोप लगाइने र त्यसका लागि ८३ खोप केन्द्र, ५ सय ५८ स्वास्थ्यकर्मी र २ सय ४६ स्वयंसेवक परिचालन गरिएको छ ।

 

डा. गिरीले स्वास्थ्य केन्द्रमा खोप लगाउनेलाई अभिमुखीकरण गरिएको बताए । विभिन्न चरणमा स्वास्थ्यकर्मीदेखि सञ्चारकर्मीसँग अभिमुखीकरण गरिएको छ । 

 

खोप लगाएपछि हुन सक्ने स्वास्थ्य अवस्थालाई लक्षित गर्दै १६ वटै पालिकामा चिकित्सकसहितको टोली व्यवस्थापन गरिएको छ । पहिलो चरणको खोप लगाएको १० देखि १२ साताको फरकमा दोस्रो खोप लगाउनुपर्ने भएकाले वैशाखमा १४ हजार २ सय ९७ जना र दोस्रो चरण जेठमा पुनः खोप लगाउनुपर्नेछ ।

 

यस्तै, पालिकामा अनुगमन गर्न पालिका प्रमुख, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र जिल्ला खोप समन्वय तथा खोप समितिलाई अनुगमन, सुपरीवेक्षण र सहजीकरणको व्यवस्था मिलाइएको डा. गिरीले जानकारी दिए ।


रूपन्देहीमा दोस्रो चरणमा खोप लगाइने पालिका :

 

  • बुटवल उपमहानगरपालिका
  • सैनामैना नगरपालिका
  • सिद्धार्थनगर नगरपालिका
  • कञ्चन गाउँपालिका 
  • सियारी गाउँपालिका
  • गैडहवा गाउँपालिका
  • शुद्धोधन गाउँपालिका
  • मायादेवी गाउँपालिका
  • दोसो चरणमा परेका पालिका
  • तिलोत्तमा नगरपालिका
  • देवदह नगरपालिका
  • ओमसतिया गाउँपालिका
  • लुम्बिनी सांस्कृतिक नगरपालिका
  • कोटहीमाई गाउँपालिका
  • मर्चवारी गाउँपालिका
  • सम्मरीमाई गाउँपालिका
  • रोहिणी गाउँपालिका