close

देउडा नाचेर नारी दिवस मनाउँदै छायानाथ   

देउडा नाचेर नारी दिवस मनाउँदै छायानाथ   

Trulli
ADVERTISEMENT

मुगु- मुगुको एउटा मात्र छायानाथ रारा नगरपालिकाले यस वर्षको नारी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागेको छ । सदरमुकाम गमगढी बजारमा विभिन्न सांस्कृतिक पक्ष झल्कने गरी स्थानीय देउडा नाचेर दिवस मनाउन लागिएको हो ।

 

महिलाको सुरक्षा समान र रोजगार : समृद्ध नेपालको आधार’ नारासहित यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस मुगुमा पनि मनाउन लागिएको हो । 

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीप्रसाद शर्मा वाग्लेका अनुसार नगर र जिल्लामा सञ्चालित गैरसरकारी संस्था आईएनएफ मुगु र जिएसएस मुगुलगायतका आर्थिक सहयोग तथा जिल्ला समन्वय समिति मुगुको समन्वयमा देउडा प्रतियोगिता गर्न लागिएको छ ।

 

प्रतियोगितामा नगरपालिकाभित्रका १४ वटै वडाले सहभागिता जनाउनेछन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनासम्मको स्थान ओगट्ने प्रतिस्पर्धीलाई पुरस्कार तथा प्रमाणपत्र दिइने प्रमुख प्रशासकीय अधिकृत वाग्लेले बताए ।