close

बाँकेका ८ वटा पालिकामा साढे २५ हजारलाई कोरोनाविरुद्धको खोप लगाइँदै

बाँकेका ८ वटा पालिकामा साढे २५ हजारलाई कोरोनाविरुद्धको खोप लगाइँदै

Trulli
ADVERTISEMENT

बाँके- बाँकेमा आइतबारदखि दोस्रो चरणको कोरोनाविरुद्धको खोपको लगाउन सुरु भएको । दोस्रो चरणमा ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउन थालिएको हो । पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकारलाई पनि खोप लगाइनेछ ।

 

स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर भेषराज शर्माका अनुसार ३ दिनसम्म चल्ने यो अभियानमा पालिकास्तरमा रहेका ८१ वटा खोप केन्द्रमार्फत २५ हजार बढीलाई खोप दिइँदै छ ।

 

नेपालगञ्ज उपमहानगरपालिकाका ६ हजार ३ सय ८४ जना, कोहलपुर नगरपालिकाका ३ हजार २ सय ८२ जना, जानकी गाउँपालिकाका २ हजार २ सय ५८ जना, बैजनाथका ३ हजार १ सय २१ जना, राप्तीसोनारीका ३ हजार ६१ जना, नरैनापुरका २ हजार १ सय ६८ जना, डुडुवाका २ हजार ९८ जना र खजुराका ३ हजार ४ सय १७ गरी ८ वटा पालिकाका २५ हजार ७ सय ८९ जनालाई खोप दिने लक्ष्य स्वास्थ्य कार्यालयको छ ।

 

यसअघि पहिलो चरणको खोप अभियानअन्तर्गत बाँकेमा ४ हजार ९ सय ६७ जनाले खोप लगाएका थिए । त्यसमा ५ हजारलाई लगाउने लक्ष्य निर्धारण गरिएको थियो ।

 

पहिलो चरणकै दोस्रो अभियानमा जिल्लाका ४ हजार ७ सय ९५ जनालाई खोप लगाउने लक्ष्य लिइएकामा ४ हजार ८ सय ६१ जनाले खोप लगाएका थिए । 

 

आइतबारदेखि २५ फागुनसम्म चल्ने खोप अभियानमा जिल्लाका ६५ वर्षमाथिका जेष्ठ नागरिक सहभागी हुनेछन् । त्यसका लागि २ सय ४७ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ भने ७ सय २९ जना स्वयंसेवक परिचालन गरिएको खोप सुपरभाइजर शर्माले बताए ।