close

कोरोनाको खोपः काठमाडौंका कुन पालिकाले कहाँ कहाँबाट लगाउँदैछन् ? 

कोरोनाको खोपः काठमाडौंका कुन पालिकाले कहाँ कहाँबाट लगाउँदैछन् ? 

Trulli
ADVERTISEMENT

काठमाडौं– आइतवारदेखि कोरोना भाइरस (कोभिड १९) रोग विरुद्ध दोस्रो चरणको खोप कार्यक्रम सुरु भएको छ । दोस्रो प्राथमिकतामा ६५ वर्ष उमेर समूहमाथिका नागरिकलाई खोप दिन थालिएको हो । 


यस अघि पहिलो प्राथमिकतामा परेका तर विभिन्न कारणले खोप लगाउन नपाएका महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र प्रहरीलाई उपलव्धताका आधारमा खोप दिइनेछ ।


यसैगरी संघीय मन्त्रालय, विभाग, संवैधानिक आयोग, नेपाल राष्ट्र बैँक, सार्वजनिक संस्थान लगायत कार्यालयमा काम गर्ने कर्मचारीका लागि काठमाडौं उपत्यकाका ४ वटा अस्पताललाई तोकिएको छ । जसमा निजामती अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र परोपकार स्त्री तथा प्रसुति अस्पताल छन् ।


खोप लगाउन जाँदा नागरिकता, मतदाता परिचय पत्र, चालक अनुमति पत्र, कार्यालयको परिचय पत्र लिएर जानुपर्नेछ । परिचय पत्र उपलब्ध नहुनेका लागि वडाको शिफारिस आवश्यक पर्नेछ । काठमाडौका स्थानीय तहहरुले सर्वसाधारणका लगि खोप केन्द्र तोकेको छ । पालिकाले खोप केन्द्र तोकेर धमाधम खोप दिइरहेका छन् । 

 

कुन पालिकाले कहाँ तोके खोप केन्द्र ?

काठमाडौ महानगरपालिका 

काठमाडौं महानगरपालिकाले कोरोना खोपका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, वीर अस्पताल, छत्रपाटी निःशुल्क चिकित्सालय, परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, मदरल्याण्ड अस्पताल, काठमाडौं मेडिकल कलेज, ओम अस्पताल एण्ड रिसर्च सेन्टर, स्तुपा अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, त्रिवि शिक्षण अस्पताल, हिमाल अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, जनमैत्री अस्पताल छन् । 


कागेश्वरी मनोहरा नगरपालिका


कागेश्वरी मनोहरा नगरपालिकाले मुलपानी नगर अस्पताल, आलापोट स्वास्थ्य केन्द्रबाट कोरोना विरुद्धको खोप दिइरहेको छ । 


बुढानीलकण्ठ नगरपालिका


बुढानीलकण्ठ नगरपालिकाले गंगालाल अस्पताल र करुणा अस्पतालबाट खोप दिइरहेको नगरप्रमुख उद्धव प्रसाद खरेलले बताए । 


शंखरापुर नगरपालिका


शंखरापुर नगरपालिकाले सुस्मा कोइराला मेमोरियल अस्पताल , स्वास्थ्य केन्द्रबाट कोरोना खोप दिइरहेको छ । 


दक्षिणकाली नगरपालिका 


दक्षिणकाली नगरपालिकाले शेषनारायण अस्पताल, सातनाखेल अस्पतालबाट दिइरहेको  छ । 


तार्केश्वर नगरपालिका 

 

तार्केश्वर नगरपालिकाले धर्मस्थली स्वास्थ्य चौकि, मनमैजु स्वास्थ्य चौकिबाट कोरोना खोप दिइरहेको छ । 

 

चन्द्रागिरी  नगरपालिका 


चन्द्रागिरी नगरपालिकाले थानकोट स्वास्थ्य चौकी, शसस्त्र प्रहरी  बलम्बु, सतुङगल स्वास्थ्य चौकीबाट कोरोना खोप दिइरहेको छ । 


किर्तिपुर नगरपालिका 


विष्णुदेवी हस्पिटल, बालकुमारी स्वास्थ्य चौकी, आयुर्वेदिक स्वास्थ्य चौकीबाट खोप दिइरहेको छ ।  चैत १० गतेदेखिपछि दोस्रो प्राथमिकतामा ५५ बर्षमाथिका जेष्ठ नागरिक, महाविद्यालयका प्राध्यापक, विद्यालय (सामुदायिक÷निजी) का शिक्षक कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिइनेछ ।