close

देवचुलीको १३ नम्बर वडा कार्यालय भवन उद्घाटन

देवचुलीको १३ नम्बर वडा कार्यालय भवन उद्घाटन

Trulli
ADVERTISEMENT

नवलपरासी- पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १३ को वडा कार्यालय भवन उद्घाटन भएको छ । शनिबार देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठले वडा नम्बर १३ दलदलेको बौलाहा खोला नजिक बनेको नयाँ वडा कार्यालय भवन उद्घाटन गरेका हुन् ।

 

नगरप्रमुख श्रेष्ठले वडा कार्यालय निर्माण गर्न सहयोग गर्नेलाई सम्मानसमेत गरे । श्रेष्ठले देवचुली अन्य नगरपालिकाको तुलनामा आयस्रोतमा कमजोर रहेको बताए । देवचुली नगर उपप्रमुख पार्वता तिवारीले सिंहदरबारको अधिकार वडासम्मै आएको बताइन् ।

 

कार्यक्रमका अध्यक्ष वडा नम्बर १३ का वडाध्यक्ष क्याप्टेन डिलबहादुर खत्रीले ४ वर्षसम्म वडाले गरेको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडामा भएका विकास तथा लगानी विषयमा जानकारी गराए ।

 

वडाले ४ वर्षको अवधिमा भौतिक पूर्वाधार विकासमा १ करोड ७१ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा ४१ लाख, नगरस्तरीय योजनाअन्तर्गत वडामा १ करोड रुपैयाँ खर्च गरिएको वडाअध्यक्ष क्याप्टेन खत्रीले बताए ।

 

वडा भवन निर्माणका लागि जग्गा प्रदान गर्ने जग्गादाता, जग्गा खोजकर्तालाई सम्मान गरिएको थियो भने विभिन्न जातजातिको संस्कृति झल्कने नाचगान तथा झाँकी प्रस्तुत गरिएका थिए ।

 

उक्त अवसरमा देवचुलीका विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्य, विभिन्न सामाजिक संघ–संस्थाका अध्यक्ष एवं प्रतिनिधि, वडाबासीको उपस्थिति थियो ।