close

रुकुम पूर्वका वनपाखामा 'चिरिबिरी चिर्र '

रुकुम पूर्वका वनपाखामा 'चिरिबिरी चिर्र '

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वका डाँडाकाँडामा यतिखेर रुख-बिरुवाका पालुवा फक्रिँदै छन् । डाँडाकान्लामा रंगीबिरंगी फूल फुल्दै छन् । रंगीबिरंगी फूल फुल्ने मौसममा चराको चिरबिरले वातावरण झनै सौम्य बनाएको छ ।

 

वन रंगीन भइरहेको छ, चराचुरुंगी त्यही फूलमा भुल्दै छन् । रंगीन वनमा चराचुरुंगीको मनै लोभ्याउने मीठो आवाज र चिरबिर गर्दै फूलमा टाँसिरहेका चराको दृश्य साँच्चिकै मनमोहक लाग्छ । रंगीबिरंगी फूलमा भुल्दै गरेका रंगीन चराचुरुंगीको मीठो आवाज सुन्दा चंगाझैँ उड्न मन लाग्छ । 

 

प्रकृतिका सुन्दर गहना पशुपक्षी । काग, परेवा, धोबी, भंगेरा, जुरेली, फिस्टे, ढुकुर, कोइली, लाटोकोसेरोलगायतका चरा धकमक्क फूलमा भुलिरहेछन् । चराले गुड बनाउने सिजनमा रुख-बिरुवाको पात फेरिने बेला फूल फुलिरहेकाले चराचुरुंगीको विचरण लोभलाग्दो देखिन्छ । 

 

अहिले गर्मी बढिरहेको छ । त्यसैले आँगन तथा कौसीमा चरालाई पानी राखौँ । खानेकुरा खुवाऔँ । मनभरि, आँखाभरि तिनका आनीबानी पढौँ । तिनका गीत सुनौँ । प्रकृतिलाई माया गरौँ । मनलाई शान्त बनाऔँ ।