close

भक्तपुरका ४२ स्थानबाट कोरोनाविरुद्धको खोप 

भक्तपुरका ४२ स्थानबाट कोरोनाविरुद्धको खोप 

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरमा कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु भएको छ । दोस्रो प्राथमिकतामा परेका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको हो ।

 

दोस्रो चरणको खोपअन्तर्गत भक्तपुरका लागि ५ हजार ९ सय ३९ भाइल, ५९ हजार ३ सय ९१ सिरिज र ५ सय ९४ वटा सेफ्टी बक्स आएको छ ।

 

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारका अनुसार भक्तपुरका ४ वटा स्थानीय तहका ज्येष्ठ नागरिकले आफूलाई पायक पर्ने स्थानमा गई खोप लिन सक्नेछन् ।

 

कार्यालयका अनुसार ४ वटा नगरपालिकामध्ये चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका ११-११ स्थानबाट खोप दिइँदै छ । 

 

त्यस्तै, मध्यपुर थिमि र भक्तपुर नगरपालिकाका १०-१० स्थानबाट खोप लगाउन सकिने व्यवस्था मिलाइएको कार्यालय प्रमुख मिजारले बताए ।

 

‘खोप अभियानका लागि ४ सय २८ स्वास्थ्यकर्मी र १ हजार २ सय ८४ स्वयंसेवी परिचालन हुनेछन्’, उनले भने ।

 

भक्तपुरमा अहिले ५५ वर्षमाथिका ४६ हजार ६ सय ८०, शिक्षक-शिक्षिका ३ हजार ६ सय २१ जना, औषधी पसलका कर्मचारी २ सय जना, सार्वजनिक गाडीका चालक र सहचालक ७ सय १० जना रहेको बताइएको छ ।

 

पहिलो चरणमा छुटेका २ हजार २ सय ९४ जना गरी जिल्लामा कुल ५३ हजार ५ सय ५ जनालाई खोप लगाइनेछ ।