close

ताप्लेजुङमा नेकपा एमालेका २ पार्टी कार्यालय 

ताप्लेजुङमा नेकपा एमालेका २ पार्टी कार्यालय 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङमा नेकपा एमालेका २ वटा पार्टी कार्यालय रहने देखिएको छ । एमालेले यसअघि आफ्नो मातहतमा कायम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यालय रहेको ठाउँमै एमालेको बोर्ड राखेको छ । 


पार्टी विलीन हुनुअघि पुष्पकमल दाहा-माधव नेपालले नेतृत्व गरेको नेकपाको पार्टी कार्यालय रहेको स्थानमै अर्को पक्षले नेकपा एमालेको कार्यालय र बोर्ड राख्ने तयारी गरेको छ ।

 

२ वटा पार्टी एक हुनुअघि पनि त्यहाँ नेकपा एमालेको पार्टी कार्यालय थियो । माओवादी केन्द्र र एमालेको एकीकरणपछि माओवादी केन्द्रले आफूसँग रहेका फर्निचरसहितका सामग्री नेकपाको पार्टी कार्यालयमा लगेको थियो । 

 

प्रदेश सांसदसमेत रहेका नेकपा एमालेको जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित बलबहादुर साम्सोहाङले पुरानो नेकपा पार्टी कार्यालय रहैकै ठाउँमा एमाले जिल्ला पार्टी कार्यालय रहने बताए ।

 

साम्सोहाङ अध्यक्ष रहेको एमाले जिल्ला कमिटीको उपाध्यक्षमा मातृकाप्रसाद भट्टराई, सचिवमा केशरकुमार सुब्बा र उपसचिवमा गोपाल थोप्रा रहेका थिए ।

 

नेकपा रहँदा ओली समूहले तोक्मे नजिक शान्तिटोलस्थित ग्लोबल आइएमई बैंक रहेको घरमा पार्टी कार्यालय स्थापना गरेको थियो । 


अहिले त्यहाँ नेकपा एमालेको बोर्ड राखिएको हो । साम्सोहाङले भने, ‘नेकपा एमालेको पार्टी कार्यालय रहेकै ठाउँमा पार्टी कार्यालय स्थापना र सञ्चालन हुनेछ ।’