close

हुन्डाईले भित्र्यायो नयाँ क्रेटा 

हुन्डाईले भित्र्यायो नयाँ क्रेटा 

Trulli
ADVERTISEMENT

काठमाडौं - नेपालका लागि हुन्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाईको ‘नयाँ क्रेटा ‘द अल्टिमेट एसयूभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।


कम्पनीले हुन्डाईका विभिन्न आधिकारिक डिजिटल प्लेटफर्म फेसबुक, इन्स्टाग्राम, युट्युब पेजबाट भर्चुअल वेभकास्ट गरी क्रेटालाई नेपालमा सार्वजनिक गरेको हो ।


लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक रूपेश शर्मा भट्टले नयाँ क्रेटा द अल्टिमेट एसयूभी ग्राहक आकर्षणमा पर्ने विश्वास व्यक्त गरे ।


अलग पहिचान, आइकोनिक डिजाइन, उत्कृष्ट प्रदर्शनका साथै बेजोड सुरक्षाका कारण एसयूभी सेग्मेन्टमा नयाँ क्रेटा विकसित गरिएको उनको भनाइ छ ।


हुण्डाईको विश्वव्यापी डिजाइनको परिभाषासहित बजारमा आएको उक्त गाडीमा घुमाउरो आकारको एलइडीसहितको हेड ल्याम्प र फग ल्याम्प, अटो अनफोल्ड, अटो हेल्दी एयर प्युरिफायर, फ्रन्ट ड्युल एयरब्याग, क्यामेरालगायत विशेषता छन् ।   


नयाँ जेनेरेसनको क्रेटा ६ भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

 

कम्पनीले नेपाली बजारमा क्रमशः १.५ लिटर क्षमताको क्रेटाको ४८ लाख ९६ हजारदेखि क्रेटा १.५ एसएक्स सीभीटीको ६५ लाख ९६ हजार र क्रेटा १.५ एस डिजेलको ५४ लाख ९६ हजार रुपैयाँ मूल्य तोकेको छ ।