close

काठमाडौं महानगरका १५ सय कर्मचारीको एक तह बढुवा 

काठमाडौं महानगरका १५ सय कर्मचारीको एक तह बढुवा 

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिकामा कार्यरत १ हजार ५ सय ५० कर्मचारीलाई १ तहमाथिको पदमा समायोजन गरिएको छ । ४ फागुनमा बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन २०७७’ बमोजिम सबै कर्मचारीको समायोजन गरिएको हो ।

 

समायोजनमा पर्ने अधिकृत स्तरदेखि माथिका सबै कर्मचारीलाई मंगलबार १ तहमाथिको पदमा समायोजन गरिएको पत्र थमाइएको छ भने अन्य बाँकी कर्मचारीलाई बिहीबार दिने तयारी छ । यसरी समायोजन गर्दा जुन–जुन पदमा कार्यरत कर्मचारी हो, सोही पदबाट १ पदमाथिको स्तरमा समायोजन गरिएको हो । 

 

समायोजनमा परेका कर्मचारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले समायोजन ऐनमार्फत कर्मचारी पदोन्नतिको लाभ सेवाग्राहीले महसुस गर्नुपर्ने उल्लेख गर्दै चुस्त, दुरुस्त र इमानदार सेवा अहिलेको आवश्यकता रहेको बताए ।

 

‘समायोजन ऐनबाट लाभ नपाएका कर्मचारी पनि हुनुहुन्छ । स्थायी कर्मचारी जागिर केही हुँदैन भन्ने मानसिकतामा रहेको र करार सेवामा भएका कर्मचारी म्याद नथपिएला कि भन्ने डरले काममा घोटिएको पनि देखेको छु । उनीहरूको भावनामा चोट नपुगोस् भनेर हामीले आउँदा दिनमा थप सचेत बन्नुपर्नेछ’, प्रमुख शाक्यले भने ।

 

कार्यक्रममा उपप्रमुख हरिप्रभाव खड्गीले कर्मचारीको काँधमा थप जिम्मेवारी थपिएकाले नगरसभाबाट अघि सारेका कार्यक्रम कार्यान्वयनमा लक्ष्य प्राप्त हुने अपेक्षा गरेको धारणा राखिन् । कर्मचारी समायोजन गर्दा महानगरलाई मासिक ३० लाख ५० हजार रुपैयाँ आर्थिक भार थपिनेछ ।