close

सैनामैनामा कृषि सामग्री हस्तान्तरण

सैनामैनामा कृषि सामग्री हस्तान्तरण

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको सैनामैना नगरपालिकामा कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । नगरको वडा नम्बर ७ देवापारस्थित बहुतल्ले कृषक समूहलाई कृषि सामग्री हस्तान्तरण गरिएको हो । 

 

कोभिड– १९ उद्धार, सामाजिक, आर्थिक प्रतिकार्य परियोजनाअन्तर्गत युएनडिपी र सैनामैनाको आर्थिक साझेदारी तथा सेतो गुँरास बाल विकास सेवाको समन्वयमा उक्त कृषि सामग्री बहुतल्ले कृषि गरिरहेका कृषकलाई हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ । 

 

कृषि सामग्री हस्तान्तरण गर्दै सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले पालिकाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताए । कोरोनाका कारण थलिएका बेरोजगार युवा र शिथिल अर्थतन्त्रलाई माथि उठाउन परियोजना महत्त्वपुर्ण हुने कार्कीको भनाइ छ । उनले कृषि औजारलाई सही रूपमा सदुपयोग गर्न आग्रह गरे । 

 

आर्थिक उत्थानका लागि परियोजना महत्त्वपुर्ण रहेको युएनडिपी नेपालका डेपुटी रेसिडेन्ट रेप्रिजेन्टेटिभ बर्नाडो कोक्कोले बताए ।परियोजनाअन्तर्गत ५ बिघा बढी क्षेत्रफलमा १६ जनाको समूहले कागती, ड्रागन, आँप, मेवासँगै भित्री खेतीतर्फ करेला, काँक्रा , लौका, फर्सी, गोपीलगायत तरकारी खेती गरेको समूहका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए । 

 

१४ वटा मिनी टेलर, ५ वटा बेएडर, २ वटा क्यासटेसन मेसिन र एउटा मिनिथ्रेसर नगरप्रमुख कार्कीले उक्त कृषक समूहलाई हस्तान्तरण गरे ।