close

मुसीकोट नगरपालिकामा लेखन प्रतियोगिता

मुसीकोट नगरपालिकामा लेखन प्रतियोगिता

Trulli
ADVERTISEMENT

गुल्मी/ मुसीकोट- गुल्मीको मुसीकोट नगरपालिकाको आयोजनामा वडा नम्बर ७ स्थित महेन्द्र आदर्श नमुना माविमा ‘समृद्ध राष्ट्र निर्माणका लागि युवाका विचारहरू’ विषयक जिल्ला स्तरीय विचार लेखन प्रतियोगिता सम्पन्न भएको छ । 

 

युवा तथा खेलुकद मन्त्रालय, राष्ट्रिय युवा परिषद्को युवा प्रतिभा तथा खोजी र प्रोत्साहन कार्यक्रमअन्तर्गत मुसीकोट नगरपालिकाको आयोजनामा सम्पन्न प्रतियोगितामा १६ जना सहभागी थिए ।

 

सहभागीले लेखेका विचारमध्ये समेटिएको क्षेत्र, नयाँपन तथा मौलिकता, कार्यान्वयन, कार्यान्वयन गर्न लाग्ने समय, उद्यमशीलता र रोजगारीमा पार्ने प्रभाव, गरिबी न्यूनीकरण तथा दिगो विकास लक्ष्यमा पुर्‍याउन सक्ने योगदान, स्थानीय र राष्ट्रिय महत्त्वलगायतका विषयलाई आधार मानेर मूल्यांकन गरिएको मुसीकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख चुराबहादुर छन्तेलले जानकारी दिए ।

 

मूल्यांकन समितिमा मुसीकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख छन्तेल, रुद्रावती बहुमुखी क्याम्पस वामीका शिक्षक दुर्गा सापकोटा, शारदा विद्यामन्दिर माध्यमिक विद्यालय वामी मैदानका प्रधानाध्यापक ज्ञानहरि सापकोटालगायत रहेका थिए ।
 


सफल भएका प्रतियोगीलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुन सफल प्रतियोगी लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितामा समेत सहभागी हुन पाउने छन्तेलले बताए ।