close

सैनिक दिवसको पूर्वसन्ध्यामा दौडियो जुम्ला

सैनिक दिवसको पूर्वसन्ध्यामा दौडियो जुम्ला

Trulli
ADVERTISEMENT

जुम्ला– नेपाली सेनाने मनाउने सैनिक दिवस तथा महाशिवरात्रिको पूर्वसन्ध्यामा जुम्लामा दौड प्रतियोगिता गरिएको छ । नेपाली सेना र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउन दिवस अवसरमा नन्दाबक्स गण र २४ नम्बर वाहिनी अड्डा जुम्लाको आयोजनामा दौड प्रतियोगिता सञ्चालन गरिएको हो ।


प्रतियोगिता २ चरणमा सञ्चालन गरिएको थियो । ४० वर्षमाथिकालाई ५ किलोमिटर र ४० वर्षमुनिकालाई ९ किलोमिटर दूरीको दौड प्रतियोगिता भएको थियो । ४० वर्षमाथिका ५ किलोमिटर दौड प्रतियोगिताको प्रथम नरेन्द्रबहादुर मल्ल, द्वितीय हरि रोकाया र तृतीय दिलबहादुर रोकाया भए । ४० वर्षमुनिको ९ किलोमिटर दौड प्रतियोगितामा प्रथम नरेन्द्र बुढा, द्वितीय प्रकाश कठायत र तृतीय अंगद धामी भए ।

 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको गणपति दिवाकर रायमाझीले बताए । विश्व रेर्कड कायम गरेका अल्ट्रा थावक हरि रोकायालाई सम्मान गरिएको थियो भने प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र दिइयो ।