close

सनराइज बैंकको डिजिटल टेलर सेवा

सनराइज बैंकको डिजिटल टेलर सेवा

Trulli
ADVERTISEMENT

काठमाडौं - सनराइज  बैंकले बैंकका काउन्टरमार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको छ ।

 

चेक तथा एटिएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा सुरु गरेको हो । 


सेवा सञ्चालनपछि अब बैंकमा खाता भएका सबै ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरमा रहेका क्युआर कोड स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् ।


यो सेवामार्फत प्रयोगकर्ताले बैंकको शाखामा रहेको क्युआर कोड स्क्यान गरी एक दिनमा १ लाख र प्रतिमहिनामा १० लाख रुपंयाँसम्म नगद निकाल्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।