close

विकासमा नगर विकासको साथ, बरेङबासीलाई औषधिमा राहत (भिडियो खबर) 

विकासमा नगर विकासको साथ, बरेङबासीलाई औषधिमा राहत (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) विकासमा हातेमालो गर्दै कोष 

 

लुम्बिनी प्रदेशका नगरपालिकाको पूर्वाधार निर्माणमा सहयोग गर्न नगर विकास कोषद्वारा तिलोत्तमामा नगरप्रमुखहरूसँग छलफल, सहुलियत ऋण उपलब्ध गराउनुपर्ने नगर प्रमुखहरूको माग ।

 

२) महानगरका १५ सय ५० कर्मचारी बढुवा


काठमाडौं महानगरपालिकामा कार्यरत १५ सय ५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन, समायोजन गरिएका कर्मचारीलाई प्रमाणपत्र प्रदान  ।


३) बरेङका नागरिकलाई सस्तो मूल्यमा औषधि


निःशुल्क बाहेकका औषधी पालिका बासीलाई सस्तो मूल्यमा उपलब्ध गराउँदै बाग्लुङको बरेङ गाउँपालिका, औषधी खरिदका लागि प्रत्येक स्वास्थ्य संस्थालाई एक–एक लाख रुपैयाँ बजेट ।

 

४) खोटेहाङमा दलितसँग गाउँपालिका कार्यक्रम


खोटाङको खोटेहाङ गाउँपालिकाद्वारा ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सुरु, दलित समुदायको उत्थान एवं आयआर्जनमा टेवा पुर्‍याउने पालिकाको लक्ष्य ।

 

५) गढवा र राप्ती गाउँपालिका विजयी

 

दाङको राप्ती गाउँपालिकाद्वारा स्थापना दिवसको अवसरमा अन्तरपालिका ब्याडमिन्टन प्रतियोगिता आयोजना, पुरुष कर्मचारीतर्फ गढवा र महिला कर्मचारीतर्फ राप्ती गाउँपालिका विजयी ।


६) गोदावरीले  स्थापना दिवस मनायो


ललितपुरको गोदावरी नगरपालिकाले पाँचौँ स्थापना दिवस मनायो, दिवसका अवसरमा नगर क्षेत्रमा सर–सफाइ कार्यक्रम ।

 

७) पहिरोपीडितलाई सुनकोसीको ओत

 

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको सहयोगमा धुसुनेका पहिरोपीडितलाई नयाँ घर बनाउन सुरु, टेन्टमा आश्रित ३ परिवारलाई २ महिनाभित्र घर हस्तान्तरण गरिने ।

 

८) हरिपुरमा शोक बिदा

 

सर्लाहीको हरिपुर नगरपालिका ३ नम्बर वडा कार्यालयमा कार्यरत कर्मचारी वीरेन्द्र साहको निधन, शोकमा पालिका र मातहतका कार्यालय बन्द  ।


९) झिमरुकमा विकास निर्माणका काम धमाधम

 

प्युठानको झिमरुक गाउँपालिकाले पालिकामा चालू आर्थिक वर्षका लागि सञ्चालन गरेका योजना तथा कार्यक्रमको अनुगमन गर्न सुरु ग¥यो, निर्माणाधीन भवन, शौचालय, खानेपानी पूर्वाधार र सडकको निरीक्षण ।

 

१०) युवा पहिचान कार्यक्रम सम्पन्न

 

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले सम्पन्न गर्‍यो युवा पहिचान कार्यक्रम, लेखन कलाका विजेताले पाए पुरस्कार ।

 

११) सिलगढीका वादीलाइ घर 

 

वादी समुदायका लागि डोटीको दिपायल सिलगढी नगरपालिकाले जमिन खरिद गरेर घर निर्माण गर्न सुरु ग¥यो, घर पाउने भएपछि वादी समुदाय दंग ।


१२) कुखुरा व्यवस्थापन तालिम सम्पन्न

 

दाङको तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखाको आयोजनामा २ दिने स्थानीय कुखुरा व्यवस्थापन तालिम सम्पन्न, तालिममा कुखुरापालक महिलाको सहभागिता ।


१३)  स्थानीय तहले विवरण बुझाएनन्


चालू आर्थिक वर्षको ८ महिना बितिसक्दा पनि अझै २०६ स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमको गत आर्थिक वर्ष २०७६÷७७ को भौतिक र वित्तीय प्रगति विवरण बुझाएनन्, चाँडो विवरण अद्यावधिक गरी उपलब्ध गराउन संघीय मन्त्रालयको परिपत्र ।


१४) कृषकलाई सैनामैनाको प्रविधि

 

 रूपन्देहीको सैनामैना नगरपालिकाले कृषकहरूलाई दियो कृषि सामग्री, नगरप्रमुख चित्रबहादुर कार्कीले गरे हस्तान्तरण ।

 

१५) सार्वजनिक सुनुवाइ सम्पन्न


सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाकाको आयोजनामा ११ नम्बर वडा कार्यालयको प्रांगणमा सार्वजनिक सुनुवाइ सम्पन्न, कार्यक्रममा नगरबासीले राखे विभिन्न गुनासा र सुझाव ।


१६) विद्यार्थीले नै गरे तालाबन्दी

 

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ नायगाडमा रहेको एक विद्यालयमा विद्यार्थीले नै गरे तालाबन्दी, शैक्षिक सुधारमा विद्यालय परिवारले चासो नदेखाएको विद्यार्थीको गुनासो ।

 

१७) नगरबासीको मन जित्दै महागढीमाई

 

बाराको महागढीमाई नगरपालिकाले नगरका दलित, सुकुम्बासी तथा अति विपन्न परिवारका मानिस सिकिस्त बिरामी परे उपचार गराउन काठमाडौंसम्म निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने, मुटु, मिर्गाैलालगायतका दीर्घरोगीले वार्षिक रु. २० हजार उपचार खर्च पाउने ।

 

१८) त्रियुगामा खेल महोत्सव


उदयपुरको त्रियुगा नगरपालिकाको आयोजनामा थरुहट रंगशालामा प्रथम त्रियुगा खेल महोत्सव जारी, महोत्सवमा १६ वटै वडाका खेलाडीको सहभागिता ।

 

१९) बनेपालाई स्मार्ट सिटी बनाउन छलफल


काभ्रेको बनेपा नगरपालिकामा स्मार्ट सिटी योजनाअन्तर्गत निर्माणको काम अघि बढ्ने, नगरपालिका,  सहरी विकासका प्रतिनिधि र निर्माण व्यवसायीबीच छलफल सम्पन्न ।

 

२०) गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे 

 

 मध्यपहाडी  लोकमार्गबाट बाग्लुङको काठेखोला गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे गर्न सुरु ।