close

राप्तीमा अन्तरपालिका ब्याडमिन्टन 

राप्तीमा अन्तरपालिका ब्याडमिन्टन 

Trulli
ADVERTISEMENT

दाङ/ राप्ती गाउँपालिका– दाङको राप्ती गाउँपालिकाको आयोजनामा भएको अन्तरपालिका ब्याडमिन्टन प्रतियोगितामा पुरुष कर्मचारीतर्फ गढवा गाउँपालिका र महिला कर्मचारीतर्फ राप्ती गाउँपालिका विजयी भएका छन् । 

 

राप्तीको पालिका स्थापना दिवस अवसर पारेर कर्मचारीबीच अन्तरपालिका ब्याडमिन्टन प्रतियोगिता सुरु भएको थियो । 

 

पुरुष कर्मचारीतर्फ गढवा गाउँपालिकाका कैलाश चौधरी र शम्भु चौधरीको टिम प्रथम भएको छ भने महिला कर्मचारीतर्फ राप्ती गाउँपालिकाकी अनामीका चौधरी र सीमा भट्टको टिम प्रथम भएको छ । 

 

अन्तरपालिका ब्याडमिन्टन प्रतियोगितामा लमही नगरपालिकाका रामभजन चौधरी र कृष्णकुमार नेपालीको टिम द्वितीय भएको छ । महिला कर्मचारीतर्फ राप्तीकी नितु चौधरी र पनम कुमालको टिम द्वितीय भएको छ ।

 

१७ वटा पुरुष कर्मचारीको टिम र ४ वटा महिला कर्मचारी टिम रहेको प्रतियोगितामा राप्ती, लमही, गढवा, राजपुर र सरुमारानी पालिकाबीच स्पर्धा भएको थियो ।

 

विजयी टिम तथा खेलाडीलाई राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले सिल्ड, नगद तथा प्रमाणपत्र प्रदान गरे । पुरस्कार वितरण कार्यक्रममा राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, लमहीका प्रमुख प्रशासकीय अधिकृत नोखीराम वली, राप्तीका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले विजेतालाई सम्मान गरे ।