close

कोरोना खोप केन्द्र निरीक्षणमा निस्किए भक्तपुरका नगरप्रमुख 

कोरोना खोप केन्द्र निरीक्षणमा निस्किए भक्तपुरका नगरप्रमुख 

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले बुधबार नगरपालिकाभित्र कोभिड–१९ विरुद्धको खोप सञ्चालन भइरहेका स्वास्थ्य केन्द्रको स्थलगत निरीक्षण गरेका छन् ।

 

उनले नगरभित्रका जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिंह, सिद्धि स्मृति महिला तथा बाल अस्पताल भेलुखेल, जनस्वास्थ्य सेवा केन्द्र भगवतीस्थान, भक्तपुर अस्पताल दूधपाटी र इवामुरा अस्पताल सल्लाघारीमा स्थलगत निरीक्षण गरेका हुन् । 

 

भक्तपुरभित्र कोभिड–१९ विरुद्ध पहिलो चरणको खोप लगाउने अभियान २३ फागुन २०७७ बाट भइरहेको छ भने ६५ वर्ष उमेरदेखि माथिका ज्येष्ठ नागरिकले पायक पर्ने केन्द्रबाट खोल लगाइरहेका छन् ।

 

निरीक्षणका क्रममा उनले केन्द्रका स्वयंसेवक तथा स्वाथ्यकर्मीसँग खोप लिएका ज्येष्ठ नागरिकको स्वास्थ्यसम्बन्धी तथ्य तथ्यांकबारे जानकारी लिए । नगरप्रमुखले कोभिड–१९ विरुद्धको खोप लिन नगरबासी सबैसँग आग्रह गरे ।