close

कामनपाका सहायक स्तरका कर्मचारी समायोजन एक साताभित्र  

कामनपाका सहायक स्तरका कर्मचारी समायोजन एक साताभित्र  

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाका सहायक स्तरका कर्मचारीको समायोजन पत्र एक साताभित्र  उपलब्ध गराइने भएको छ । राष्ट्रिय सभा गृहमा आयोजना गरिएको ‘सकारात्मक आचरण नेतृत्व विकास तालिम’को शुभारम्भ सत्रलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्  । 

 

कर्मचारीले जुनसुकै परिस्थितिमा पनि ‘पदीय दायित्व, सेवा भाव र आदेशको सृङ्खला’ बाट विमुख हुनु नहुने बताउँदै काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले माथिल्लो पदको अधिकारीसँग र नागरिकसँग सदैव जिम्मेवार बन्न आग्रह गरेका छन्  । साविक स्थानीय निकायबाट सेवा प्रवेश गरेकालाई  १ तह माथिको पदमा समायोजन गर्न महानगरले कानुन बनायो ।

 

त्यसबाट पदोन्नति   भएको हो । प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने, ‘अब थप सकारात्मक सोच, हँसिलो अनुहार र कामप्रतिको जिम्मेवारीबाट महानगरका कार्यक्रम कार्यान्वयन हुने अपेक्षा छ ।’ काठमाडौं महानगरमा कार्यरत १५ सय ५० कर्मचारीलाई १ तह माथिको पदमा समायोजन गरिएको छ ।  फागुन ४ गते बसेको विशेष नगर सभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन- २०७७’  बमोजिम कर्मचारीहरुको समायोजन गरिएको हो ।

 

माघ २३ गते बसेको ५६औं कार्यपालिका बैठकमा पेश भएको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइएको थियो । विशेष नगरसभामा समितिले विधेयक पेश गरेको थियो ।  समायोजन भएका अधिकृत स्तरदेखि माथिल्लो दर्जाका कर्मचारीलाई फागुन २४ गते पत्र दिइसकिएको छ । सहायकस्तरका कर्मचारीको पत्र तयार भइरहेको जानकारी दिँदै ज्ञवालीले हप्ताभित्र दिइसकिने बताए ।