close

आठराईलाई जग्गा, शाखा प्रमुखलाई धक्का (भिडियो खबर)

आठराईलाई जग्गा, शाखा प्रमुखलाई धक्का (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) आठराई त्रिवेणीलाई प्रसाईं दम्पतीले दिए जग्गा


ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा औद्योगिक ग्राम तथा १० शय्याको आधारभूत अस्पताल निर्माण गर्न स्थानीय जनार्दन प्रसाईं र लक्ष्मी सिटौला प्रसाईंले २८ रोपनी ८ आना जग्गा पालिकालाई दिए निःशुल्क, अब भवन निर्माण हुने ।

 

२) महानगरका कर्मचारीको सेवा, शर्त र सुविधा व्यवस्था गर्ने विधेयक स्वीकृत

 

काठमाडौं महानगरद्वारा कर्मचारीको सेवा, सर्त र सुविधा व्यवस्था गर्ने विधेयक स्वीकृत, महानगरमा अब प्रशासन, प्राविधिक र विविध गरी ३ समूह हुने ।

 

३) सर्केगाडमा जलवायु कचहरी कार्यक्रम 

 

हुम्लाको सर्केगाड गाउँपालिकामा जलवायु परिर्वतनसम्बन्धी जानकारी दिने उद्देश्यले जलवायु कचहरी कार्यक्रम सम्पन्न, कार्यक्रममा पालिकाबासीको उल्लेख्य सहभागिता ।

 

४) अपांगता भएका व्यक्तिलाई घरमै पुगेर परिचयपत्र

 

तनहुँको शुक्लागण्डकी नगरपालिकाद्वारा अपांगता भएका व्यक्तिलाई घरमै पुगेर परिचयपत्र वितरण गर्न सुरु, नगरपालिकाले अति अशक्त अपांगता भएकालाई घरमै पुगेर परिचयपत्र वितरण गर्ने ।

 

५) वडाको आफ्नै भवन


दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ को नवनिर्मित वडा कार्यालयको भवनबाट सेवा दिन थालियो, वडाबासीलाई सहज ।


६) ट्रस पुल निर्माण

 

ललितपुरको महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिका बीचमा रहेको कर्मनाशा नदीमाथि निर्माण गरिएको ट्रस पुलको महालक्ष्मीका नगरप्रमुख रामेश्वर श्रेष्ठद्वारा उद्घाटन, पैदल यात्रुलाई आवतजावतमा सजिलो ।

 

७) वडाध्यक्षले दुव्र्यवहार गरेपछि कर्मचारी धर्नामा

 

सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १७  का वडाध्यक्ष रामविश्वास रायले शिक्षा शाखा प्रमुख भूपनारायण राय यादवलाई कार्यकक्षमै गरे कुटपिट, कुटपिटको विरोधमा कर्मचारीले कार्यालयको काम ठप्प पारे ।

 

८) छोरी खाताका लागि निवेदन दिनेको संख्या दिनहुँ बढ्दै


कर्णाली प्रदेश सरकारद्वारा लागू गरिएको छोरी खाता सञ्चालन कार्यक्रमअन्तर्गत रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा साउन महिनायता तीन सय ६४ जनाले दिए निवेदन, निवेदन दिनेको संख्या दिनहुँ बढ्दै ।

 

९) सिद्धलेकमा ज्येष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम

 

धादिङको सिद्धलेक गाउँपालिकाद्वारा ज्येष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम शुभारम्भ, ज्येष्ठ नागरिकले पाउने भए घरदैलोमै उपचार ।


१०) हेटौंडामा स्थानीय तह सहिद स्मृति गोल्डकप सुरु


मकवानपुरका १० वटा स्थानीय तहको आर्थिक सहयोगमा हेटौंडामा स्थानीय तह सहिद स्मृति गोल्डकप सुरु, गोल्कडको विजेताले १० लाख, उपविजेताले ५ लाख पाउने ।

 

११)  माछापुच्छ्रेले सडक निर्माण गर्न थाल्यो  

 


कास्कीको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिका जोड्ने प्रमुख सडक कालोपत्र गर्न सुरु, सडक निर्माण सुरु भएपछि स्थानीय दंग ।

 

१२) सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम


खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा सुरु ग¥यो दिवा खाजा कार्यक्रम, यो कार्यक्रम नगरका ९३ वटै विद्यालयमा लागू गरिने ।


१३) नौबहिनीको हिउँदे अधिवेशन सम्पन्न

 

प्युठानको नौबहिनी गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न, अघिल्लो गाउँसभाबाट विनियोजन गरेका योजनाहरूमा खर्च हुन नसकेको रकम नयाँ योजनामा रकमान्तर गर्ने निर्णय ।

 

१४) स्थापना दिवसको अवसरमा रक्तदान


ललितपुरको गोदावरी नगरपालिकाद्वारा पाँचौँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम, रक्तदानमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयको सहभागिता ।


१५) स्वमूल्यांकन फाराम भरेर पठाउन मन्त्रालयको ताकेता

 

७ सय ५३ वटै स्थानीय तहलाई जतिसक्दो चाँडो स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन फाराम भरेर पठाउन संघीय मन्त्रालयको ताकेता, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न स्वमूल्यांकन गरिने ।


१६) बित्थडचिरका  विद्यार्थी कृषिमा आकर्षित


बझाङको बित्थडचिर गाउँपालिकाको देवेश्वरी माध्यमिक विद्यालयले विद्यार्थीलाई दियो ६५ दिने निःशुल्क बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम, पालिकाका अध्यक्ष प्रेम बोहराले गरे तालिमको उद्घाटन ।

 

१७) उद्योग ग्राम स्थापना गर्न जग्गा छनोट

 

कर्णाली प्रदेशका २ वटा जिल्लाका ३ वटा ठाउँमा औद्योगिक ग्राम स्थापना हुने, ग्राम स्थापनाका लागि जाजरकोटको शिवालय गाउँपालिका, सुर्खेतको भेरीगंगा नगरपालिका र चौकुने गाउँपालिकामा जग्गा छनोट ।


१८) सेरगाउँ बन्यो चिटिक्क

 

बाजुराको बडिमालिका नगरपालिका वडा नम्वर ३ को सेरगाउँलाई पालिकाले ग¥यो नमुना टोल घोषणा, सरसफाइका ७ वटा सूचक पूरा गर्दा गाउँ नै बन्यो नमुना


१९) सिंजामै अब आँखाको उपचार


जुम्लाको सिंजा गाउँपालिकाको नराकोटमा पालिकाको पहलमा आँखा उपचार केन्द्र स्थापना, केन्द्र सञ्चालन गर्न गाउँपालिकाद्वारा एक जना कर्मचारीको व्यवस्थापन ।


२०) महालक्ष्मीमा नगरप्रमुखसँग विद्यार्थी कार्यक्रम

 

ललितपुरको महालक्ष्मी नगरपालिकाद्वारा काठमाडौं मोडल स्कुलमा नगरप्रमुखसँग विद्यार्थी कार्यक्रम सञ्चालन, २८ फागनमा वडा ६ देखि १० सम्मका विद्यालयका विद्यार्थीहरूसँग कार्यक्रम गरिने ।