close

बुटवल उद्योग वाणिज्य संघका पदाधिकारीको पदस्थापन 

बुटवल उद्योग वाणिज्य संघका पदाधिकारीको पदस्थापन 

Trulli
ADVERTISEMENT

रूपन्देही- बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीमा नवनिर्वाचित कार्यसमितिको पदस्थापन गरिएको छ । नवनिर्वाचित अध्यक्ष, पदाधिकारीसहित कार्यसमिति सदस्यहरूलाई पदस्थापन गराइएको हो ।

 

संघको ६७औँ वार्षिक साधारणसभा तथा २४औँ अधिवेशनबाट अध्यक्षमा उज्ज्वलप्रसाद कसजु, वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल, महासचिवमा विमलराज भट्टराई, कोषाध्यक्षमा नवीनप्रसाद श्रेष्ठ र सचिवमा मुक्ति अधिकारी निर्वाचित भएका थिए ।


त्यस्तै, एसोसिएट सदस्यमा आनन्दप्रसाद वझा, ४ उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु र सञ्जय कलवार जयसवाल तथा ४ वाणिज्य सदस्यमा काशिराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतीक पोखरेल निर्वाचित भएका थिए ।

 

७ वटा खुला सदस्यमा दिनेश श्रेष्ठ, दीपकप्रसाद चापागाईं, कृष्ण श्रेष्ठ, मोहमद जमिल खान, सुमोदमान सैंजु, टीकाराम बञ्जाडे, त्रिविक्रम श्रेष्ठ तथा २ महिला सदस्यमा जमुना पौडेल र मीना प्रधान निर्वाचित भएका थिए ।

 

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्ष डा. ईश्वर गौतम सहभागी कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त एवं संघका कानुनी परामर्श दाता बाबुराम पाण्डेले नवनिर्वाचित कार्यसमितिका अध्यक्ष, पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र प्रदान गरे । 

 

उक्त अवसरमा अध्यक्ष कसजुलाई सपथ गराइएको थियो । नवनिर्वाचित अध्यक्षले कार्यसमिति पदाधिकारी तथा सदस्यलाई सपथ गराए ।


लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्ष डा. गौतमले मुलुकको अर्थतन्तन्त्रको सुदृढीकरणका लागि सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न चाहेको बताए ।

 

प्रमुख जिल्ला अधिकारी घिमिरेले औद्योगिक विकासका लागि निजी क्षेत्रले सुरक्षित लगानी वातावरण खोज्नु स्वाभाविक भएकाले प्रशासनबाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाए ।

 

नवनिर्वाचित अध्यक्ष कसजुले सबैलाई समेटेर कार्ययोजना तयार गरी सोही आधारमा संघका गतिविधि अगाडि बढाइने बताए ।