close

आगलागीपीडितलाई गाउँपालिकाको राहत 

आगलागीपीडितलाई गाउँपालिकाको राहत 

Trulli
ADVERTISEMENT

कटारी/उदयपुर- उदयपुरको ताप्ली गाउँपालिकाका ४ घरपरिवार आगलागीपीडितलाई गाउँपालिकाले राहत वितरण गरेको छ । 


गाउँपालिकाले प्रतिपरिवार ३० किलो चामल, २० किलो चिउरा, झुल १ थान, हाते सोलार १ थान, ब्ल्याङ्केट १ थान, त्रिपाल, भाँडाकुँडा र सरसरफाइ सामग्री पीडित परिवारलाई वितरण गरेको हो ।

 

गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले आगालागी भएको घटनास्थलमै गएर पीडितलाई राहत वितरण गरे ।
 
गत बुधबार दिउँसो गाउँपालिकाको वडा नम्बर २ लेखगाउँका ३ घरमा आगलागी भएको थियो । वेदबहादुर मगरको घरबाट सल्किएको आगोले ३ घरका साथै मतान र गोठ जलेर नष्ट भएको थियो ।

 

आगलागीबाट वेदबहादुरका २ वटा घर, कागजात, अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ भने जंगबहादर मगरको एउटा घर जलेको छ ।

 

त्यस्तै, युवराज मगरको गाई, बाख्रा गोठ २ वटा र एउटा मतान जलेर नष्ट भएको छ ।

 

बुधबार नै ताप्लीकै वडा नम्बर ५ रुपाटार बिजुवाका पञ्चबहादुर नेपालीको घरमा पनि आगलागी भएको थियो । ७ वर्षीय छोरीले आगो खेलाउने क्रममा मतानमा राखिएको घाँसबाट सल्किएको आगोले नेपालीको २ तले घर र मतान जलेर पूर्ण रूपमा नष्ट भएको छ । मतानमा रहेका २१ मध्ये २० वटा बाख्रा जलेका थिए ।