close

पश्चिम नेपाल बस व्यवसायी प्रालिको नेतृत्वमा खरेल 

पश्चिम नेपाल बस व्यवसायी प्रालिको नेतृत्वमा खरेल 

Trulli
ADVERTISEMENT

रूपन्देही- पश्चिम नेपाल बस व्यवसायी प्रालिको आगामी नेतृत्वका लागि दधिराम खरेल नेतृत्वको समूह विजयी भएको छ ।

 

२ समूह बनेर उम्मेदवारी दिएको निर्वाचनमा खरेलले १ हजार ३ सय ३८ मत, जीवनकुमार बन्जाडेले १ हजार ५ सय ३०, रामचन्द्र भुसालले १ हजार ३ सय ८६, मोहन पीएसले १ हजार ४ सय ८४, चेतनारायण बेल्वासेले १ हजार ३ सय ५७, नारायणप्रसाद घिमिरेले १ हजार १ सय ४६, गोपाल पौडेलले १ हजार २ सय ९० र कृष्णप्रसाद सापकोटाले १ हजार १ सय ४९ मत ल्याएर विजयी भए ।

 

यसैगरी पदमराज गाहाको प्यानलबाट गाहाले १ हजार ३ सय ८९, कृष्णप्रसाद पाण्डेले १ हजार १ सय १७ र सुरेन्द्र श्रेष्ठले १ हजार ४ सय २२ मतले जित हासिल गरे ।

 

खरेलको प्यानलबाट ऋषिराम डुम्रे, कुश्माखर रेग्मी र जितेन्द्र श्रेष्ठ पराजित भए भने गाहाको प्यानलबाट कृष्णप्रसाद बेलवासे रमेशकुमार अधिकारी, प्रेम गौचन, लालबहादुर गुप्ता एलजी, शोभाखर भण्डारी, प्रेम गौचन, रुक्मांगद पाण्डे र दीपेन्द्र श्रेष्ठ पराजित भए । 

 

२०२६ मा स्थापना भएको पश्चिम नेपाल बस व्यवसायी संघ सरकारले नवीकरण नगरेपछि २०७६ मा प्रालिमा रुपान्तरण भएपछि ११ जना सञ्चालक निर्वाचित हुने र निर्वाचित ११ जनामध्येबाट अध्यक्ष चुनिने व्यवस्था छ । कम्पनीको प्रबन्धपत्रमा साधारणसभा तथा अधिवेशनले ११ जना सञ्चालक छनोट गर्ने र ११ मध्येबाट १ जना अध्यक्ष हुने व्यवस्था छ । 

 

नेपालकै सबैभन्दा ठूलो यातायात व्यवसायी संस्थाको रूपमा रहेको यस प्रालिमा करिब २ हजार ६ सय बस सञ्चालनमा छन् भने २ हजार ३ सय ९६ मतदाता रहेकामा २ हजार ८६ जनाले मतदान गरेका थिए ।