close

लुम्बिनीमा कोरोना खोपः कहाँ कसरी लगाइदैछ ? 

लुम्बिनीमा कोरोना खोपः कहाँ कसरी लगाइदैछ ? 

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीमा दोस्रो चरणको कोरोनाविरुद्धको खोप पहिलो चरणमा ८ पालिकामा १६ हजार १ सय ६० जनालाई दिइएको छ । २६ हजार ८ सय २१ लक्ष्य भए पनि १६ हजार १ सय ६० जना अर्थात् (६० दशमलव २५) प्रतिशतलाई लगाइएको हो ।

 

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार बुटवल उपमहानगरमा ४७ सय १४, सैनामैनामा २५ सय १०, कञ्चनमा १२ सय १०, मायादेवी गाउँपालिकामा १५ सय ९५, गैडहवामा २ हजार ३९, सिद्धार्थ नगरपालिकामा १३ सय ४२ ले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 

यस्तै, सियारी गाउँपालिकामा १५ सय ११, शुद्धोधन गाउँपालिकामा ११ सय ७५ गरी १६ हजार १ सय ६० जना ६५ वर्षभन्दा माथिका नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार रूपन्देहीका १६ पालिकामा रहेका ६५ वर्षभन्दा माथिका ५२ हजार ६ सय ८७ जनालाई २ चरणमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।

 

कार्यालय प्रमुख डा. गिरीका अनुसार १६ वटा स्थानीय तहमा २ चरणमा खोप लगाइने र त्यसका लागि ८३ खोप केन्द्र, ५ सय ५८ स्वास्थ्यकर्मी र २ सय ४६ स्वयंसेवक परिचालन गरिएको छ ।

 

डा. गिरीले स्वास्थ्य केन्द्रमा खोप लगाउनेलाई अभिमुखीकरण गरिएको बताए । उनले विभिन्न चरण स्वास्थ्यकर्मीदेखि सञ्चारकर्मीसँग अभिमुखीकरण गरिएको जानकारी दिए ।

 

‘खोप लगाएपछि हुन सक्ने अवान्छित घटनालाई लक्षित गर्दै १६ वटै पालिकामा चिकित्सकसहितको टोली व्यवस्थापन गरिएको छ’, डा. गिरीले भने ।

 

पहिलो चरणको खोप लगाएको १० देखि १२ साताको फरकमा दोस्रो खोप लगाउनुपर्ने भएकाले वैशाखमा १४ हजार २ सय ९७ जना र दोस्रो चरण जेठमा लगाउन आग्रह गरे ।

 

पालिकामा अनुगमन गर्न पालिका प्रमुख, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र जिल्ला खोप समन्वय तथा खोप समितिलाई अनुगमन, सुपरीक्षण र सहजीकरणको व्यवस्था मिलाइएको डा. गिरीले जानकारी दिए ।

 

दोस्रो चरणमा रूपन्देहीका पालिकामा १ देखि ३ चैतसम्म खोप लगाउन सुरु गरिएको छ । 

 

१ देखि ३ चैतसम्म कोरोनाविरुद्धको खोप लगाउने पालिका

तिलोत्तमा नगरपालिका
देवदह नगरपालिका
ओमसतिया गाउँपालिका
लुम्बिनी सांस्कृतिक नगरपालिका
कोटहीमाई गाउँपालिका
मर्चवारी गाउँपालिका
सम्मरीमाई गाउँपालिका
रोहिणी गाउँपालिका 

 

लुम्बिनी प्रदेशका ३ वटा अस्पतालमा ५० प्रतिशत छुट 

 

लुम्बिनी प्रदेशका ३ अस्पतालबाट ६० वर्षमाथिका ज्येष्ठ नागरिकले उपचार तथा स्वास्थ्य सेवामा ५० प्रतिशत छुट पाउने भएका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशका, २०७७ ले ज्येष्ठ नागरिकलाई अस्पताल व्यवस्थापनबाट तोकिएबमोजिमका निश्चित सेवामा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेअनुसार लुम्बिनी प्रदेशका ३ अस्पतालमा उपचार गराउँदा छुट दिइन लागेको हो ।

 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ र भेरी अस्पताल नेपालगञ्ज बाँकेबाट यो सेवा पाइने भएको हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गरेको भए सोही बिमा रकमबाट स्वास्थ्योपचार प्रदान गर्नुपर्ने र बिमा रकम अपुग भएको अवस्थामा मात्र अस्पतालको जेरियाट्रिक स्वास्थ्य सेवा कार्यक्रम वा सामाजिक सेवा इकाइ वा अन्य स्रोतबाट उपचार खर्च बेहोर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

 

तर, एउटै सेवाका लागि खर्च दोहोर्‍याउन भने पाइने छैन । अस्पतालले उपलब्ध गराएको वार्ड वा शय्या प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गराउँदा लागेको खर्चमा कुनै छुट सुविधा हुने छैन । 

 

छुट पाउने अस्पताल


लुम्बिनी अस्पताल बुटवल, रूपन्देही
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ
भेरी अस्पताल नेपालगञ्ज, बाँके