close

दिनभरको पालिकाः सडकको खुसीदेखि एयरपोर्टको आससम्म (भिडियो खबर)

दिनभरको पालिकाः सडकको खुसीदेखि एयरपोर्टको आससम्म (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर


१) बाजुराको खप्तड छेडेदह गाउँपालिका ‘एक घर एक बैंक खाता’ अभियान सम्पन्न गर्ने नेपालकै पहिलो गाउँपालिका घोषणा, ३ हजार २ सय ३४ घरधुरी परिवार बैंक खाताको पहुँचमा ।

 

२) कालीकोटको खाँडाचक्र नगरपालिकाका स्थानीयको घर दैलोमै पुग्यो खानेपानीका धारा, नगरका चार वटा वडा कर्णालीकै पहिलो सुरक्षित खानेपानी वडा । 

 

३) रूपन्देहीको सैनामैना नगरपालिकाले घर नक्शा अभिलेखिकरण गर्न जारी गर्‍यो सूचना, आवश्यक कागजपत्र सहित २०७८ जेठ मसान्तसम्म अभिलेखिकरण नगरवासीलाई आग्रह ।

 

४) नवलपुरको गैँडाकोट नगरपालिकाको वडा नम्बर १० र ११ को वडा कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरे, सेवाग्राहीलाई सहज । 

 

५) प्युठानको झिमरुक गाउँपालिकाले वडा नम्बर ४ कौछेटारीमा निर्माण गर्न लागेको आधारभूत स्वास्थ्य चौकीका लागि स्थानीयले जग्गा दान गरे, अब पालिकाले सुविधा सम्पन्न भवन निर्माण गर्ने ।

 
६) नुवाकोटको बेलकोटगढी नगरपालिकामा राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्रको प्रादेशिक कार्यालय स्थापना, जडीबुटी खेतीको प्रवद्र्धनमा सहयोग पुग्ने नगरप्रमुख राजेन्द्ररमण खनालको भनाई ।


७) म्याग्दीको बेनीबाट बेनी नगरपालिका-२ भकुण्डे जोड्ने बेनी-लभ्लीहिल-भकुण्डे सडक स्तरोन्नति सुरु, नगरपालिकाको  ५५ लाख बजेटमा भण्डारी निर्माण सेवाले साढे सात किलोमिटर सडक स्तरोन्नति गर्ने । 

 

८) ग्याल्पो ल्होसारको अवसरमा उदयपुरको बेलका नगरपालिकाले दियो सार्वजनिक बिदा, पालिका सहित अन्य कार्यालय बन्द ।

 

९) सरकारले २ सय १० स्थानीय तहका केन्द्र जोड्ने सडक निर्माणको ग¥यो शुभारम्भ, चालु आर्थिक वर्षमा आयोजनाका लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन ।


१०) डोटीको दिपायल सिलगढी नगरपालिकाद्वारा राष्ट्रिय परिचयपत्र दर्ता शिविर सुरु, नगरप्रमुख मञ्जु मलासीले आफ्नो व्यक्तिगत विवरण दर्ता गरी गरिन् शिविरको उद्घाटन  । 

 

११) रूपन्देहीका १६ पालिकामा ६५ वर्षमाथिका ५२ हजार ६ सय ८७ जनालाई कोरोनाविरुद्धको खोप लगाइँदै, १६ वटै पालिकामा चिकित्सकसहितको टोली व्यवस्थापन । 

 

१२) काभ्रेको पनौती नगरपालिका बेरोजगारलाई प्रधानमनधी रोजगार कार्यक्रममा सहभागी हुन जारी ग¥यो सूचना, बेरोजगारलाई पालिकाले एकसय दिनको बराबरको रोजगारी दिने ।


१३)  गाउँमै डोजर अपरेटर उत्पादन गर्दै गुल्मी दरबार गाउँपालिका, ९ जना युवालाई १ महिने तालिमका लागि पालिकाले काठमाडौं पठायो ।


१४) बाजुरा सदरमुकाम मार्तडीमा एयरपोर्ट निर्माणका लागि बडीमालिका नगरपालिकाले थाल्यो तयारी, प्रदेश र केन्द्र सरकारसँग नगरपालिकाले सहयोग माग्ने ।


१५. म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बनायो घोडोपानी र पुनहिल भ्रमणमा आउने पर्यटकको सुविधाका लागि पूर्वाधार, सडक कालोपत्रे देखि पदमार्गलाई चौबिसै घण्टा उज्यालो पार्ने काम जारी ।

 

१६) मानव बेचबिखन तथा ओसारपसारबाट पीडितलाई राहत पुर्‍याउन रुपन्देहीको स्थानीय तहमा पुनस्थापना केन्द्र र कोषको आवश्यकता देखियो, ऐन अनुसार केन्द्र बनाउन पालिका जुटे ।

 

१७) दुई वर्ष अघिसम्म स्थानीय उपभोक्ताको अतिक्रमणमा परेको उदयपुरको कटारी नगरपालिका– ५ सिसाघारीको खुल्ला जग्गा र चौर पर्यटकीय क्षेत्रमा परिणत, नगरपालिकाको पाँच लाख सहयोगमा सीमसार निर्माणले गति लियो । 

 

१८) कैलालीको धनगढी उपमहानगरपालिकाको समन्वयमा वडा नम्बर १९ मा रहेको फूलबारी स्वास्थ्य चौंकीमा निशुल्क हाईड्रोशिल शल्यक्रिया शिविर सुरु, शिविर दुई दिन सम्म चल्ने । 

 

१९) ग्याल्पो ल्होसारको अवसरमा तेह्रथुमको म्याङलुङ नगरपालिकाले दियो सार्वजनिक बिदा, पालिका र मातहतका कार्यालय बन्द ।

 

२०) भक्तपुर नगरपालिकाको आयोजनामा २९ फागुनदेखि सुरु भएको अन्तर नगर बुद्धिचाल प्रतियोगिता जारी, प्रतियोगिता ३ चैतसम्म सञ्चालन हुने ।