close

दोलाई खोलाका मालिक भए समुदाय

दोलाई खोलाका मालिक भए समुदाय

Trulli
ADVERTISEMENT

दाङ- दाङको राप्ती गाउँपालिकाकाले जलीय जैविक विविधता संरक्षणका लागि दोलाई खोला समुदायलाई हस्तान्तरण गरेको छ । 


मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रको आयोजनामा दोलाई खोलामा जैविक विविधता संरक्षणका लागि स्थानीय समुदायसँग परामर्श गरी जल र जलीय जैविक विविधता संरक्षण गर्दै आएको बैखा संरक्षण समूहलाई खोला हस्तान्तरण गरिएको हो । 

 

बैखा संरक्षण समूहलाई राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका सचिव कुमारराज श्रेष्ठ, कार्यक्रम संयोजक प्रदीप मजगैयालगायतले खोला संरक्षणका लागि स्वीकृतिसहित प्रमाणपत्र प्रदान गरे । 

 

राप्तीको वडा नम्बर ५ स्थित दोलाई खोलाको ७६ हेक्टर क्षेत्रमा असुरक्षित माछा मार्न रोक लगाउँदै जलीय जैविक जीवको संरक्षण गर्ने उद्देश्यले समुदायलाई खोला हस्तान्तरण गरिएको हो ।

 

राप्तीले जलचर एवं जलीय जैविक विविधता संरक्षण ऐन, २०७५ पास गरी ऐनअनुसार गाउँपालिका क्षेत्रका असंख्य खोला, नदी तथा कुलामा प्राकृतिक रूपमा माछा तथा जलीय जैविक विविधताको संरक्षण गर्न स्थानिय राजपत्रमा समेत ऐन प्रकाशन गरिसकेको छ ।

 

देउखुरी क्षेत्रका सम्पूर्ण पालिका क्षेत्रमा रहेका नदी, खोलामा जलीय जैविक विविधता संरक्षण अभियानमा रहेको केन्द्रले पछिल्लो समय धेरै नदी तथा खोला समुदायलाई हस्तान्तरण गर्ने प्रक्रिया अगाडि संस्थाका कार्यक्रम प्रबन्धक प्रदीप मजगैयाले जानकारी दिए । 

 

जलचर एवं जलीय जैविक विविधता संरक्षण ऐन पारित गरी समुदायले संरक्षण गरेको नदी समुदायलाई भोगाधिकार दिन सकिने व्यवस्था गरेको छ ।


संस्थाले राप्ती नदीको जलीय जैविक विविधताका चुनौती न्यूनीकरण गरी दिगो रूपमा माछा उपयोग गरी विनासकारी माछा मार्ने तरिकालाई निरुत्सााहित गर्ने, मध्यराप्ती जलाधार क्षेत्रमा पाईने स्रोतको सुधार तथा व्यवस्थापन गर्न देउखुरी उपत्यकाका विभिन्न पालिकामा ९ वटा समूहसमेत गठन गरी संरक्षणको अभियानलाई तीव्रता दिइँदै आएको फिल्ड संयोजक राममोती चौधरीले बताए ।